पुतलीबजारमा नयाँ प्रमुख प्रशासकीयमा चिरञ्जीवी पौडेल

२०८० चैत्र १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

काठमाडौँ, १९ चैत । स्याङ्जाको पुतलीबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेल आउनुभएको छ । हरिराम नागिला प्रमुख प्रशासकीय अधिकृत भएर पाल्पाको तानसेन नगरपालिका गएपछि उक्त दरबन्दी रिक्त भएको थियो ।

पुतलीबजारमा आउनुभएका पौडेल यसभन्दा अघि जिल्ला मालपोत कार्यालय लमजुङमा प्रमुख मालपोत अधिकृत हुनुहुन्थ्यो । उहाँले आजबाटै आफ्नो पदभार सम्हाल्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेललाई नगरपालिका प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल लगायतले आज एक कार्यक्रमका बिच स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय