सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो : अध्यक्ष ओली

२०८१ बैशाख ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गरेर नेकपा एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादीे चरित्र नांगो ढंगबाट प्रकट भएको बताउनुभएको छ ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सुदुरपश्चिममा वर्तमान सत्ता समिकरणमार्फत नाउपालाई समर्थन नगर्ने र कांग्रेस केन्द्रित समीकरणबाट समथर्न गर्ने समाजवादीको कदम अराजनीतिक प्रवृति भएको समेत बताउनुभयो ।

समाजवादीको कदम विपक्षीहरुको आशा पलाउने र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरि भएको उहाको भनाइ छ । उहाले कम्युनिष्ट साइनबोर्ड राखेर काम चाहिँ समाजवाद पक्षधरहरुको विपक्षमा गरेको आरोप समेत लगाउनुभयो ।

ओलीले समाजवादीको आधार तयार पारेर समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउदै एमाले ध्यान मिसन ८४ मा केन्द्रीत रहेको धारणा राख्नुभयो । उहाले अहिलेको अवस्थामा देशमा देखिएको समस्या समाधानका लागि नया समिकरण बनाइएको भन्दै मन्त्रालयको विवादमा फसेर समय खेर फाल्न एमालेले उचित नठानेको जिकिर गर्नुभयो ।

त्यस्तै अध्यक्ष ओलीले बामपन्थीका नामको एकताले सरकार र देश नचल्ने स्पष्ट पार्नुभयो । बामपन्थी भनिएका शक्तिहरु वास्तविक रुपमा बामपन्थी हुन नसक्ने भन्दै उहाले यस्ता बामपन्थीबाट पार्टी बलियो हुन नसक्ने तर्क गर्नुभयो ।

उहाले आवश्यक परेका बेला छानेर बामपन्थी एकता हुने भन्दै पार्टी विगार्ने अवसरको खोजीका लागि र आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलव्ध नगराउने बताउनुभयो । अध्यक्ष ओलीले पछिल्लो समय एमालेले चालेको कदमहरु सहि रहेको भन्दै यसलाई सफल बनाउने गरि अघि बढ्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय