सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्दा १ बालक सहित ११ जना पक्राउ

२०८१ बैशाख ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ०६ वैशाख । रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तहरूले सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गर्दा बुधवार ११ जना पक्राउ परेका छन् ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।

पक्राउ पर्नेहरु
१)कृतु भण्डारी -काठमाडौं
२)राजकुमारी मगर -कास्की
3)सिरानि घर्ती -रुकुम
४)सुबिता मगर -रुकुम
५)चिनिमाया तामाङ -नुवाकोट
६)मैयाँ साईली -उदयपुर
७)किसन थापा-सुर्खेत
८)संजय श्रेष्ठ -काठमाडौ
९)टेक बटाला -अछाम
१०)अपिल घिसिङ -तेह्रथुम
११)बुद्धिमाया ब्रामु -ललितपुर
१२)बिज्ञान ब्रामु ८ बर्ष

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार