अपाङ्गता भएका व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा गरे प्रदर्शन

२०८१ जेष्ठ २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ जेठ । सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरुले बुधबार काठमाडौंको भृकुटिमण्डपदेखि भद्रकालीसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सडक अवरुद्ध गरेर प्रदर्शन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुले भद्रकालीमा कोणसभा गरेका थिए । उनीहरुले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा सुरु गरेर बिषयमा यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

गत चैत्र १४ गते भएको उक्त सहमति कार्यान्वयन नभएको भन्दै केहि अपाङ्गता भएका व्यक्तिहरु शान्ति वाटिकामा आमरण अनसन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय