उद्योग वाणिज्य संघ र कालिका बहुमुखी क्याम्पस बिच अन्तरक्रिया कार्यक्रम

२०८१ बैशाख १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा, १५ वैशाख । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ र कालिका बहुमुखी क्याम्पस (Kalika Incubation Centre(KIC) पोखराका नवउद्यमीहरूको बिचमा  “अनुभव आदानप्रदानको माध्ययमबाट क्षमता अभिवृद्वी तथा अन्तरक्रिया कार्यक्रम” आज स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको बैठकहलमा सम्पन्न भएको छ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको तर्फबाट नवउद्यमी ईन्द्रा थापा र चन्द्रकला आले तथा सफल उद्यमी उर्मिला गुरूङ,कृष्णजंग के.सी. र बोधराज अर्यालले आफ्ना संघर्ष र सफलताका कथाहरू सहितका अनुभवहरू पोखराका नवउद्यमीहरूसँग साटासाट गर्नुभएको थियो।

कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भीमकुमार श्रेष्ठ, महासचिव रबिन के.सी.,कालिका ईन्कुवेशन सेन्टरका प्रोगाम कोअर्डिनेटर बसन्त बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कालिका ईन्कुवेशन सेन्टरका टिम मेम्बर बिष्णु तिमिल्सिनाले सहजिकरण गर्नुभएको कार्यक्रममा २१ जना उद्यमीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय