काठमाडौँ, १८ वैशाख । काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा सिप मेला आयोजना गर्ने भएको छ ।
महानगरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गदै महानगरले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न आयोजना गर्न लागिएको जनाएको हो ।
१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासंग सम्बन्धीत निशुल्क तालिम उपलव्ध गराउने उदेश्यका साथ सिप मेलाको आयोजना गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो । सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ ।
जसमा २९ प्रकारका पेशागत तालिम हुने उहाले बताउनुभयो । डंगोलले रोजगारीमार्फत नै काठमाडौंको समृद्धि हासिल गर्न सकिने भएकाले महानगरले रोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो ।
तालिमको अन्तिम दिन रोजगार मेला आयोजना हुने र सम्बन्धीत रोजगारदाताको स्टलमा गएर आफ्नो दक्षताका आधारमा रोजगार पाउन सकिने महानगरले जनाएको छ ।