पाल्पाको तिनाउमा पौडि खेल्दा डुबेर एककाे मृत्यु

२०८१ जेष्ठ ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा , ९ जेठ । पाल्पाको तिनाउ गाउपालिका वडा न ३ को तल्लो सिद्वबाबा स्थित तिनउ खोला पौडि खेल्दा डुबेर एक मृत्य भएको छ ।

बुधबार दिउसो करिव २:५० बजेको बुटवल उपमहानगरपालिका ७ हिलपार्क बस्ने अन्दाजी १७ बर्षिय राजिव लामा पौडि खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

मृत लामा सहित ४ जना पौडि खेल्न गएका मध्ये ३ जना सकुशल रहेका श्रेष्ठले बताउनुभयो । शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । भने उक्त घटना सम्बन्धि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय