पूजा खड्का
स्याङ्जा ,१२ जेठ । स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिका वडा नम्बर ११ भोर्ले बस्ने लागू औषध खैरो हिरोइन मुद्दामा संलग्न एक व्यक्ति दुई वर्ष पछि पक्राउ परेका छन् ।
फरार व्यक्ति जग बहादुर सार्कीको छोरा वर्ष २४ का राम भन्ने चोकेन्द्र बहादुर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक प्रवक्ता तथा सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । निज व्यक्ति लागू औषध खैरो हिरोइन मुद्दामा संलग्न रही दुई वर्ष अघि फरार रहेको र वडा प्रहरी कार्यालय वालिङ्ग स्याङ्जा बाट खटिएको टोलीले निज फरार व्यक्तिलाई पक्राउ गरेको जानकारी रानाले दिनुभयो ।