जबर्जस्ति विद्युत महशुल बढाइएपछी स्थानीय आन्दोलित,आयोगका कर्मचारीमाथी आर्थिक चलखेलको आरोप

२०८१ जेष्ठ १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

काठमाडौं, १३ जेठ । स्थानीय तथा सरोकारवालाको बिरोधका बीच विद्युत नियमन आयोगले महसुस वृद्धि गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित बनेका छन् । स्याङ्जाको गल्याङ नगरपालिकामा उत्पादन तथा वितरण केन्द्र रहेको बुटवल पावर कम्पनीको विद्युत महशुलमा वृद्धि गर्ने निर्णय गरेपछि स्थानीयले संघर्ष समिति बनाएर यसको बिरोधमा उत्रिका हुन् ।

ग्रामीण क्षेत्रको अवधारणा लिएर २०३९ सालमा आधिखोला केन्द्रको नाममा स्थापना भएको परियोजना पछि आएर बुटवल पावर कम्पनी बनेको थियो । स्थानीयको साझेदारीमा काम गर्ने र स्थानीयलाई सेवा सुविधा दिने उदेश्यले स्थापना भएको परियोजना पछिल्लो समयमा घाटामा गएको भन्दै जबर्जस्ती विद्युत महसुस बढाउन लागेपछि जनप्रतिनिधि देखि स्थानीयले त्यसको बिरोध गरेका छन् ।

सरकारले पछिल्लो समयमा २० देखि ५० युनिट सम्म विद्युत महसुस निशुल्क गर्न लागेको समयमा जनताको ढाड सेक्नेगरी ६५ प्रतिशतसम्म विद्युत महसुस वृद्धि गरेपछि वडा अध्यक्ष देखि सांसदसम्म सबै एक भएर यसको बिरोधमा उत्रिएका छन् ।

अध्यक्षको कार्यकाल सकिन लागेको अघिल्लो दिन तत्कालीन अध्यक्ष दिल्ली बहादुर सिंहले जबर्जस्ती विद्युत महसुल बढाउने निर्णय गरेपछि स्थानीयहरुले आयोगका पदाधिकारी माथी आर्थिक चलखेलको आरोप समेत लगाउदै आएका छन् । हाल पदाधिकारी बिहिन बनेको विद्युत नियम आयोगका निवर्तमान अध्यक्ष माथी आर्थिक चलखेलको आरोप समेत लगाउदै आएका छन् । संर्घष समिति बनाएर आन्दोलनको तयारी थालेका स्थानीयले मुल्य वृद्धि कुनैपनि हातमा फिर्ता हुनुपर्ने आवाज उठाएका छन् ।

जबर्जस्ती मुल्य वृद्धि गरिएपछि आन्दोलित बनेका स्थानियसंग जिल्ला प्रशासन कार्यालयले शुक्रबार सुरक्षाको बिसयमा सयुक्त बैठक गरेको छ । आन्दोलन बाट निम्तिन सक्ने जोखिमलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाको पहलमा जिल्लाको सदरमुकाममा सयुक्त बैठक राखिएको थियो । बैठकमा मुल्य वृद्धि फिर्ता हुनुपर्ने र फिर्ता नभएर त्यसबाट उत्पन्न हुने परिमाणको जिम्मेवार विद्युत नियमन आयोग र बुटवल कम्पनी हुने आन्दोलनरत स्थानीय समाजसेवी तथा राजनीतीज्ञ नेत्र सुवेदीको भनाइ थियो ।

उपभोक्ता नभएको ठाउँमा सार्वजनिक सुनुवाइ गरेर विद्युत नियमन आयोगले स्थानीयलाई झुक्याएको सयुक्त संर्घष समितिमा अध्यक्ष श्याम प्रसाद बस्यालको भनाइ छ । विद्युत महसुल फिर्ता नभए सबै प्रकारका आन्दोलन गर्न तयार भएको भन्दै मुल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने उहाँको तर्क थियो । शुक्रबार विद्युत नियमन आयोगको कार्यालय सानो गौचन पुगेर ध्यानाकर्षण पत्र बुझाएको संर्घष समितिले आन्दोलनलाई थप चर्काउदै लैजाने निर्णय समेत गरेको छ । आयोग पुगेर मुल्य वृद्धि फिर्ताको माग गरेका बस्यालले भन्नुभयाे “हामी अहिलेसम्म शान्तिपूर्ण आन्दोलनमै छौ । यदी हाम्रो आवाजलाई दबाउन खोजियो अथवा बेवास्ता गरियो भने त्यसको जिम्मेवार विद्युत महसुल वृद्धिको स्वीकृत दिने यहीँ आयोग हुनेछ ।” संर्घषका कार्यक्रमलाई निरन्तर जारी राख्दै न्यायको लागी अदालतको बाटो पनि अपनाउने पनि उहाँको भएको थियो ।

उपभोक्ता हित बिपरित मुल्य वृद्धि भएको भन्दै पाल्पाको रामपुर नगरपालिकाको र रम्भा गाउँपालिकाले कार्यपालिकाको बैठक बाटै यसको बिरोध गरेका छन् । त्यस्तै स्याङ्जाको क्षेत्र नम्बर २ ख का निवर्तमान गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले पनि एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल खारेज हुनुपर्ने माग गर्नुभएकाे छ । देशमा आर्थिक संकट छाएको बेलामा उपभोक्तालाई मारमा पार्नेगारी वृद्धि भएको मुल्य वृद्धि कुनै हालतमा मान्य नहुने उहाँको तर्क छ ।

त्यस्तै स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ ख बाट गण्डकी प्रदेश सांसद महेश भट्टराईले पनि मुल्य वृद्धि कुनै पनि हालतमा फिर्ता हुनुपर्ने भन्दै एक बिज्ञप्ति मार्फत उल्लेख गर्नुभएकाे छ । मुल्य वृद्धिले किसानलाई प्रत्यक्ष असर पार्ने हुँदा कुनैपनि हालतमा मुल्य वृद्धि फिर्ता हुनुपर्नेमा उहाँको जोड छ । कृषकसंग प्रत्यक्ष रूपमा जोडिने चिस्यान केन्द्र,कुटानी पिसानी लगायतमा प्रत्यक्ष असर पार्ने हुँदा मुल्य वृद्धि कुनै पनि हालतमा फिर्ता हुनुपर्ने उक्त बिज्ञप्ति उल्लेख गरिएको छ ।

त्यस्तै स्याङ्जा क्षेत्र नम्बर २ क का गण्डकी प्रदेश सांसद भोजराज अर्यालले पनि मुल्य वृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राख्नुभएकाे छ । एक बिज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सांसद अर्यालले कृषि प्रधान देशमा कृषकलाई मारमा पार्ने गरि भएको मुल्य वृद्धि कुनै पनि हालतमा स्विकार्य नहुने उल्लेख गर्नुभएकाे छ । मुल्य वृद्धि तत्काल फिर्ता गरि आन्दोलनमा रहेका स्थानीयलाई मुढभेडको अवस्थाबाट रोक्न उहाँको माग छ ।

यता पदाधिकारी बिहिन बनेको विद्युत नियमन आयोग सचीव मनदेवी श्रेष्ठले बुटवल कम्पनीले घाटा देखाएपछि आयोग बाध्य भएर मुल्य वृद्धिको निर्णयमा पुगेको बताउनुभयाे । उहाँले भन्नुभयाे “हामीलाई देखाएको डकुमेन्टमा कम्पनी घाटामा गएको देखिएको छ । कम्पनी घाटामा गएपछि मुल्य वृद्धिको स्वीकृत दिइएको हो ।” उपभोक्ता भएको ठाउँमा आयोगले कहिल्यै पनि सार्वजनिक सुनुवाइ नगरेको भन्दै मुल्य वृद्धि फिर्ता हुनेमा आफू बिश्वास्त नभएको उहाँकाे तर्क छ । मुल्य वृद्धिको निर्णय भएपछि यसको विरुद्धमा आयोगमा उजुरी समेत परेको उहाँले बताउनुभयाे ।

अध्यक्ष माथी आर्थिक चलखेलको आरोप
कार्यकाल सकिन एक दिन पहिले मुल्य वृद्धिको निर्णय गरेका विद्युत नियमन आयोगका निवर्तमान अध्यक्ष दिल्ली बहादुर सिंह माथी स्थानीयले आर्थिक चलखेलको आरोप लगाएका छन् । कार्यकाल सकिने समयमा भएको बुटवल कम्पनीको विद्युत महसुसमा भएको मुल्य वृद्धिमा आर्थिक चलखेल भएको स्थानीयको आरोप छ । मुल्य वृद्धि भए लगत्तै निरन्तर आन्दोलनमा उत्रिएका स्थानीय आन्दोलनकारीले निवर्तमान अध्यक्षले आर्थिक चलखेलमा परेर अन्तिममा यस्तो निर्णय गरेको आरोप लगाएका छन् ।

वृद्धि भएको विद्युत महसुल फिर्ता हुनुपर्ने माग राख्दै संर्घष समिति बनाएर आन्दोलनमा उत्रिएका स्थानीयले सकिने बेलामा भएको मुल्य वृद्धि प्रति प्रति आर्थिक चलखेल भएको आरोप लगाएका हुन् । संर्घष समितिका अध्यक्ष श्याम प्रसाद बस्यालले भन्नुभयाे ”यदी बुटवल पावर कम्पनीको माग जायज भएको भए कार्यकाल नसकिदै निर्णय गर्न सकिन्थ्यो अन्तिम समय कुरेर बस्नुपर्ने थिएन ।” उहाँले मुल्य वृद्धिको बिसयमा आयोगमा उजुरी हालेको र न्यायको लागि अदालतको ढोकासम्म पुग्ने तयारी गरेको पनि बताउनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय