स्याङ्जाको पुतलीबजारमा मोटरसाईकल दुर्घटना,एकको मृत्यु

२०८१ जेष्ठ १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , १४ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ आमडाडा स्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारत मोतिहारी घर भई हाल स्याङ्जाको पुतलिबजार नगरपालिका वडा न १ मा डेरा गरि बस्ने ३५ बर्षिय सुनिल कुमार शाहको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

आइतबार साझ ८ बजे मोटरसाइकल करिब ३० मिटर तल खस्दा  ग २० प ८५६१ नम्बर मोटरसाइकल  दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय