गणतन्त्र दिवसमा उद्योग वाणिज्य सङ्घ स्याङ्जाद्वारा कैदीलाई मेसिन हस्तान्तरण

२०८१ जेष्ठ १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा, १६ जेठ। गणतन्त्र दिवस–२०८१ को पावन अवसर पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत जिल्ला कारागार स्याङ्जामा रहेका कैदी बन्दीहरुको लागी एक थान सिलाई मेसिन हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको यो सानो सहयोगले समाजमा ठूलो सन्देश प्रवाह हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्याङ्जाका प्रहरी प्रमुख एस।पी। शालिग्राम पौडेल, जिल्ला कारागार स्याङ्जाका प्रमुख दिनेश मरासिनी लगायतको उपस्थिति थियो ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, उद्योग तर्फका उपाध्यक्ष दिपक कुमार श्रेष्ठ, महासचिव रबिन के.सी. सचिव रामप्रसाद लम्साल, सदस्य करुण पौडेल, महिला उद्यमी उपसमितिका वरिष्ठ उपाध्यक्ष भवानी अधिकारी लगायत पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा संघको तर्फबाट सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

त्यसै अवसरमा कैदी बन्दीहरूबाट रक्तदान समेत गरिएको छ । करिब २३ जना कैदी बन्दीहरूले रक्तदान गरेका छन् । रेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य सङ्घ स्याङ्जाको आयोजनामा रक्तदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय