सगरमाथा आरोहणबाट फर्किने क्रममा पोखराका पर्यटन व्यवसायीको मृत्यु

२०८१ जेष्ठ १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा,१८ जेठ । पोखराका पर्यटन व्यवसायीको सगरमाथा आरोहणबाट फर्किने क्रममा मृत्यु भएको छ । पोखरा २६ खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीको सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा चौथो शिविर नजिकै हिउँ पहिरोमा परेर मृत्यु भएको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बस्ताकोटीको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा सभागृहमा राखिएको थियो ।

उहाँले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिखमा ६ हजार १ सय ४५ मिटर अग्लो लोवुचे पिक आरोहण गर्नुभएको थियो । चाइनिज भाषाको समेत राम्रो ज्ञान भएका बस्ताकोटी १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।

युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको मेयर धनराज आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय