नेपाली नर्सको नयाँ गन्तव्य : साउदी, दुबई, कतार, कुबेतलगायतका देश

२०८१ जेष्ठ २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,२० जेठ । २०८० चैतसम्मको तथ्याङ्क अनुसार  नेपाल नर्सिङ काउन्सिलमा ‘भेरिफिकेसनपत्र’ लिएर विदेश जाने नर्सकाे सख्या ४० हजार ५३९ जना रहेकाे छ ।

नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि स्वदेशमै अवसर नपाएर विदेशतिर पलायन हुनेको सख्या दिनानुदिन बढदै गइरहेको छ ।

स्वदेशमा भन्दा विदेशमा सुविधा र आम्दानि हुने हुदा अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको थियाे  तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको हो ।

नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको बताउनुभयो ।

खाडीमा नेपाली नर्सको सबैभन्दा बढी आकर्षण साउदीमा छ । त्यहाँ अस्पतालमा काम गर्न पाउने, निःशुल्क जान पाउने, अनुभव नचाहिने, खान र बस्ने सुविधाले साउदी जान नेपाली नर्स आकर्षित भएका हुन् । साउदी जाने नर्स व्यक्तिगत रूपमै जान्छन् । उनीहरूलाई नर्सिङ काउन्सिलको भेरिफिकेसनको आवश्यकता पर्दैन । अस्पताललाई शङ्का लागेको अवस्थामा मात्र भेरिफिकेसनका लागि पठाउने गरेको छ । साउदीमा स्नातक गरेर गएका नर्सलाई अनुभव चाहिँदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय