हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको प्रभु बैंकसँग विशेष छुट सम्झौता

२०८१ जेष्ठ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कुश्मा,२१ जेठ । हार्नेस जिपलाइन प्रा.लि र गेट वे हिमालय रिसोर्ट प्रा.लि.को प्रभु बैंक लिमिटेडबीच बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लि मा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । हार्नेस जिपलाइन प्रा.लि, पछिल्लो तिन बर्षदेखी संचालनमा आएको र छोटो समयमा नै धेरै साहसीक मनहरु लाई आकर्षित गर्न सफल भएको देखिन्छ । तथा गेट वे हिमालय रिसोर्ट प्रा.लि मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय