भिरकोटमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम

२०८१ जेष्ठ २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २३ जेठ । स्याङ्जाको भिरकोट नगरपालिकामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम भिरकोट नगरको सभाहलमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बुधबार सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा भिरकोट प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सामाजिक विकास कार्यालयका सभापति शोभा चन्द्र रेग्मी भिरकोट नगर उप प्रमुख भगवती रेग्मी अर्याल र प्रशासकीय अधिकृत धर्म राज ढुङ्गाना विशिष्ट अतिथिमा रहनुभएको थियो।
नगर प्रमुख कार्यक्रम का प्रमुख अतिथि गोविन्द कुमार कर्माचार्य ले सामाजिक विकास कार्यालय स्याङ्जा ले आत्महत्या सम्बन्धी सचेतना मुलक कार्यक्रम भिरकोट मा आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । समाजमा आत्महत्या न्यूनीकरण को लागि सचेतना मुलक कार्यक्रम आवश्यक रहेको जानकारी गराउनुभयो । त्यसै गरी आउँदो वर्ष देखि नगर बाट बजेट छुटाएर सचेतना मुलक कार्यक्रम वडा वडा टोल टोल र विद्यालय मा पुर्याउने प्रतिबद्धता गर्नुभयो।

सामाजिक विकास कार्यालय का शोभा चन्द्र रेग्मीले आत्महत्या सम्बन्धी कार्यक्रम सूचनामूलक कार्यक्रम भएको बताउँदै स्याङ्जाको पुतलीबजार, भिरकोट र आँधीखोला मा अन्य पालिका को तुलनामा धेरै आत्महत्या भएको हुँदा न्यूनीकरण को लागि आफूहरुले सचेतनामुलक कार्यक्रम भिरकोट मा आयोजना गरेको बताउनुभयो। यसको लागि जिम्मेवार भएर सबै जना लाग्नुपर्छ भन्नुभयो। यसलाई उन्मूलन नैं गर्न नसके पनि केही हद सम्म कमी गराउन सकिन्छ भन्दै सबै तह बाट जनचेतना मुलक कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।

कार्यक्रममा प्रशिक्षणको रुपमा स्याङ्जा प्रहरी कार्यालय, वालिङ्ग वडा प्रहरी कार्यालय र दहथुम चौकीबाट गरी तीनजना रहेको भिरकोट बालमैत्री संयोजक विष्णुमाया काफ्लेले जानकारी दिनुभयो।

आत्महत्या गर्नको केही कारण हुन्छ त्यसको खोजिनीति गर्न विशेष रेखदेख गर्नुपर्ने हुन्छ। राज्यले पनि सचेतना सम्बन्धी व्यवस्था गर्नुपर्छ । त्यसै गरी परिवारले पनि पारिवारिक दायित्व पूरा गर्नुपर्छ । स्थानिय निकाय ले समय समय मा जनचेतना मुलक कार्यक्रम राखेर व्यक्तिमा लागेका नैराश्यता हटाउन सकेमा आत्महत्यामा कमी ल्याउन सकिन्छ भन्ने विषय मा सचेतनामुलक कार्यक्रम भएको श्री सहिद शुक्र मा वि का प्रधानाध्यापक चोलाकान्त काफ्ले ले जानकारी गराउनुभयो। समाज मा आत्महत्या विविध कारणले हुन्छ। जस अन्तर्गत सामाजिक आर्थिक कारण, मायाप्रेममा समस्या आउँदा, पारिवारिक कलह हुँदा, आफूले सोचेको जस्तो नतिजा र सामग्री नपाउँदा, कसैले झुठो आरोप लगाइदिएको खण्डमा , विविध असन्तुष्टिका कारण, गरिबी का कारण जस्ता विविध कारणले नैराश्यता उत्पन्न भई आत्महत्या हुने गर्दछ । त्यसैले नैराश्यता हुँदा व्यक्ति टोलाएर बस्ने ,निराश रहने , नकारात्मक प्रतिक्रिया दिने , दैनिक क्रियाकलाप मा परिवर्तन आउने मानसिक अवस्थामा परिवर्तन हुने जस्ता लक्षणहरू देखा पर्छन् । यस्तो अवस्थामा उसको नजिक भएर उसमा भएका समस्या का बारेमा सोधपुछ गरी परिवार छिमेकी साथी विद्यालय ले ध्यान दिन सकेको खण्ड मा र आकस्मिक उपचारको लागि सम्बन्धित ठाउँ मा पुर्याउन सकेमा आत्महत्यामा कमी आउन सक्छ । व्यक्तिलाई राम्रो सल्लाह सुझाब दिएर अघि बढ्न सकेमा आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । यसको लागि परिवार छरछिमेक स्थानीय निकाय संघसंस्था सरोकार निकाय सचेत रहेर विद्यालय वडा टोल मा पुर्याउनुपर्ने दायित्व हामी सबैको हो भन्ने विषय मा सजग गराएर अघि बढन प्रशिक्षक समूहले प्रेरणा थप्नु भएको श्री सहिद शुक्र मा वि का प्र अ चोलाकान्त काफ्ले ले जानकारी दिनु भयो। त्यसै गरी उहाले समस्या सबैमा आइपर्छ समाधानका उपाय खोज्नुपर्छ। यस सम्बन्धी प्रेरणा दिँदै सचेतना कार्यक्रम अघि बढाउनुपर्छ । सकारात्मक धारणाको विकास गराउनुपर्छ भन्दै उहाँले खुशी रहनु पर्छ र परिस्थिति अनुसार चल्न सिकाउनुपर्छ भन्दै सबै जना सम्बन्धित ठाउँबाट अघि बढ्न सकेको खण्डमा न्यूनीकरण गर्न सकिन्छ भन्दै आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य भिरकोट उपप्रमुख भगवती रेग्मी अर्यालले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन विष्णुमाया काफ्लेले गर्नुभएको थियो। कार्यक्रममा नगरप्रबक्ता वडा नम्बर एक का वडा अध्यक्ष दिपेन्द्र केसी, भिरकोट नगरपालिका का वडाध्यक्ष हरु श्याम काजी केसी, केशर बहादुर खड्का,रत्न प्रकाश श्रेष्ठ, तारा प्रसाद अर्याल, नन्दलाल खनाल भीम गुरुङ्गको सहभागिता रहेको थियो। त्यसै गरी कार्यपालिका सदस्य अन्तर्गत एकमाया जिटी, बिन्दु खड्का, पार्वती बस्नेत, गङग बहादुर जिटी, ओम कोइराला रहनुभएको थियो। त्यसै गरी भिरकोट शाखा प्रमुख तर्फ विष्णु कोइराला, नवीन थापा,याम प्रसाद रेग्मी, जब्बर अलिमिया, अन्जु सापकोटा,सरोज अधिकारी, वसन्त बस्नेत, भिरकोटनगर भित्र का विद्यालयका प्रअहरु लगायत भिरकोट उद्योग बाणिज्य संघ प्रमुख जगदीश कोइराला को सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय