स्याङ्जामा रुखबाट लडेर एक महिलाको मृत्यु

२०८१ जेष्ठ ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३० जेठ । स्याङ्जाको चापाकोट नगरपालिका ७ साँखरमा रुखबाट लडेर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका ७ साँखर बस्ने रेशम ढकालको श्रीमती ३५ वर्षीय सृजना ढकाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

ढकाल आफ्नै बारीमा रहेको पिपलको रुखमा चढी घाँस काट्ने क्रममा लडेर बुधबार बिहान घाईते हुनुभएको थियो ।

उहाँको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा बिहान  ९:३० बजे डाक्टरले मृत घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय