पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

२०८१ जेष्ठ ३२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ताप्लेजुङ,३२ जेठ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । दुुई जना घाईते भएका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति आएको पहिरोमा पुरिएर ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।

फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा परेर ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् । बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय