लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध स्याङ्जामा सप्ताहव्यापी कार्यक्रम

२०८१ असार ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ७ असार । स्याङ्जा जिल्लाले अन्तराष्ट्रिय लागू औषध दुरुपयोग बिरुद्द दिवसको दिन पारेर लागु औषध बिरुद्द सचेतनामा सहज हुने भन्दै बिहीबारबाट सप्ताह व्यापी कार्यक्रमको उदघाटन गरेको छ। कार्यक्रमको पहिलो दिन बाजा गाजा सहित र्याली झाकी सहित कार्यक्रमको सुरुवात भएको थियो।

कार्यक्रम संविधान सभा तथा प्रतिनिधि सभा सदस्य राजु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको उदघाटन गर्दै उहाले लागू पदार्थ दुर्व्यसन सबभन्दा ठूलो समस्या रहेको र समाधानको लागि सचेतनामुलक कार्यक्रम आवश्यक रहेको जानकारी गराउनुभयो। यसैमा आधारित रहेर लागुपदार्थ दुर्व्यसन बिरुद्द न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालयले कार्यक्रम गरेको प्रहरीसँगै नागरिक हरुले शान्ति र सुरक्षाको लागि उत्तिकै साथ सहयोग गर्न आग्रह गर्नुभयो। गृह मन्त्रालयले निकालेको तथ्यांक अनुसार ५।६ प्रतिशत दुर्व्यसनी वृद्धि भएको मा चिन्ता व्यक्त गर्दै यसको प्रमुख कारण बेरोजगार भएको र राज्यले लागू पदार्थ दुर्व्यसन न्यूनीकरणको साथमा उन्मूलन गर्नको लागि युवालाई उत्पादन सङ्ग जोडिने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको जानकारी गराउनुभयो। लागू पदार्थ दुर्व्यसनमा विशेष गरी युवा पुस्ताको संख्यामा वृद्धि भएको बताउँदै यसले राज्यलाई नै असर पारेको छ त्यसैले सचेतनामुलक कार्यक्रम अघि बढाउँदै उत्पादन सङ्ग जोड्न सक्नु र राज्यले यसको लागि नीति तथा कार्यक्रम ल्याएर अघि बढ्नुपर्ने जानकारी गराउनुभयो।

कार्यक्रममा स्याङ्जा जिल्ला प्रशासन कार्यालय प्रमुख सुनिता नेपाल पुतलीबजार नगरपालिका नगरप्रमुख तुलसीराम रेग्मी , आँधीखोला गाउँपालिका का अध्यक्ष विश्वनाथ पौडेल, जिल्ला समन्वय प्रमुख श्री प्रसाद जी टी लगायतको सहभागिता रहेको थियो। उहाँहरूले सचेतना मुलक कार्यक्रम आवश्यक रहेको बताउँदै भारत सङ्ग सीमा जोडिएको कारण नियन्त्रण मा कठिनाई भएको जानकारी गराउनु भएको थियो।

कार्यक्रम हिजो बिहीबार बाट सुरु भएर एक हप्ता सम्म सचेतना मूलक कार्यक्रम गरिने हिजो कार्यक्रम सुरुवात भएको र बाजागाजा सहित झाकी कार्यक्रम प्रभात फेरी कार्यक्रम सहित जिल्ला सदरमुकाम मा कार्यक्रम भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्र बहादुर राना ले जानकारी दिनुभयो। त्यसै गरी कार्यक्रम वालिङ्ग र चापाकोट मा पनि प्रहरी कार्यालयले आफ्नो क्षेत्र भित्र पर्ने क्षेत्रमा सचेतनामुलक कार्यक्रम गरेको जानकारी गराउनुभयो। सप्ताह व्यापी सचेतनामुलक कार्यक्रम भइरहने बताउँदै लागुपदार्थ दुर्व्यसन बिरुद्द आफूहरु सदा लागि परेको जानकारी गराउँदै स्याङ्जाको फेदीखोला र रामदि मा चेक जाच गरिरहेको पनि जानकारी दिनुभयो। त्यसै गरी स्थानिय निकायले सचेतना स्वरुप पाठ्यक्रम मा लागुपदार्थ को विषयमा सचेतना मुलक पाठ साभार गरेर राज्यले पनि पूर्वाधार लाई मात्र नभई सचेतनामुलक कार्यक्रम ल्याउनुपर्छ भन्ने जानकारी गराउनुभयो। त्यसै गरी लागुपदार्थ दुर्व्यसन विरुद्ध एकल प्रयासले मात्र सम्भव नहुने हुँदा सबै जना सजग भएर व्यक्तिको व्यवहार शिक्षा दिक्षामा परिवार विद्यालय समाज ले पनि उत्तिकै भूमिका खेल्न जोड दिनुपर्छ भन्ने जानकारी गराउनुभयो। उहाले आर्थि वर्ष ८०/८१ मा १७ जना लाई २०३३ को नीति बमोजिम लागु पदार्थ सेवन मा पक्रेर कारबाही गरेको जानकारी गराउनुभयो भने साधन चेक जाच गर्दा लागू पदार्थ सेवन गरेर सार्वजनिक साधन चलाउने १२ जना माथि मुद्धा चलेको जानकारी गराउनुभयो।
उहाले लागू पदार्थ बाट सजग राख्न संख्या कम गराउन विविध प्रयास गरेको जानकारी गराउँदै प्रयासले नभएपछि कानुनी उपचारको लागि समाउने पक्रने कार्यक्रम गरिने जानकारी समेत गराउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय