कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कञ्चनपुर,८ असार। पूर्व-पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर- सुडा सडकखण्डमा शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो । सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्याक्टरमा ठोक्किंदा  चौधरीको मृत्यु भएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय