८ देशका राजदूत सिफारिस, भारतमा पूर्व मुख्यसचिव रेग्मी, अमेरिकामा घिमिरे

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ असार। सरकारले ८ देशका राजदूतहरू सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायतसहित ८ देशका राजदूतहरू सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार भारतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्। त्यस्तै अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, बेलायतमा डा. विजन पन्त, डेनमार्कमा सुम्निमा तुलाधार, स्पेनमा पुष्पराज राजकर्णिकार, दक्षिण कोरियामा सुशील प्याकुरेल, मलेसियामा नेत्रप्रसाद तिमल्सिना र साउदी अरबमा अबुसुफ्यान खान मुसलमान सिफारिस भएका छन्।

सरकारले केही दिनअघि ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। गठबन्धनमा आबद्ध प्रमुख दलहरूले राजनीतिक भागबण्डका आधारमा राजदूत सिफारिस गर्ने सहमति गरेका थिए। सोहीअनुरुप एमाले, माओवादी र जसपाबाट ८ जना राजदूतहरू सिफारिस भएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय