प्रहरी निरीक्षक काफ्ले काठमाडौँ उपत्यकका अपराध अनुसन्धानको ‘उत्कृष्ट’ प्रहरी घोषित

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,८ असार । उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) देवराज काफ्ले जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानको जिम्मेवारी पाएको महाशाखाले इन्सपेक्टर काफ्लेलाई गत जेठ महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।

 अवैध हातहतियार पक्राउ,जघन्य अपराध नियन्त्रण, लागुऔषध र अवैध रुपमा स्टोर गरेर राखिएको चाँदी बरामद गर्न भूमिका खेलेका थिए । पुराना अपराधको सफल अनुसन्धान गरेका पुरीले भन्सार चोरी, निकाशी तथा पैठारी नियन्त्रण गरेर राजस्व संकलनमा योगदान गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तै फरार प्रतिवादीलाई पक्राउ गरी सम्मानित अदालतमा कैद भुक्तानको लागि पेश लगायतका अपराधीक क्रियाककलापमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै डलर साट्ने बहानामा ठगी गर्ने समूहलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको लगायतका काम गरेका थिए । काफ्ले तिनै प्रहरी निरीक्षक हुन् जो २०७६ साल पौष महिनामा पनि वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रदेशभरिबाट उत्कृष्ट काम गर्ने प्रहरीको रुपमा पुरस्कृत र सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय