पोखरा , १२ असार । मुसलधारे वर्षाका कारण पोखरामा घर डुवानदेखि राजमार्ग भासिएका छन् । पोखरा महानगरपालिका चाउथेको घट्टेकुलोमा पृथ्वी राजमार्ग सडक भासिएको हो । ५ मिटर सडक घट्टेकुलोको पानीले काटेको प्रहरीले जनाएको छ ।
यता पोखरा ७ गैरीखेतमा दुई घर डुबानमा परेको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घर डुबानमा परेको हो । पोखरा–३३ बागमारा स्थित सिप्लिङतराम अविरल बर्षा पछि तीन घर डुबानमा परेका छन् । स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो ।
अहिले सडक एकतर्फी सञ्चालनमा छ ।