स्याङ्जामा पहिरोले आमा छोरीको मृत्यु

२०८१ असार १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा, १५ असार । स्याङ्जाको फेदीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फेदीखोला गाउँपालिका ५ बाँगे बस्ने ३१ वर्षीय दुर्गा जिटी र निजको छोरी ३ वर्षीय निसिका जिटी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  इन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

ढुङगा माटो र टिनले छाएको १ तले घरमा सुतिरहेको जिटी परिवारको घटनास्थलमा नै मृत्यु भएको  रानाले बताउनुभयाे  ।

शुक्रबार राति परेको अविरल वर्षाको कारण घरभन्दा २५ मिटर माथिबाट आएको पहिरोले घरगोठ पूर्ण रुपले पुरिएको छ ।

जिटीको गोठमा क्षति हुँदा एक भैंसीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय