गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

२०८१ असार १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गुल्मी, १५ असार । गुल्मीको मालिका गाउँपालिका-६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । शुक्रबार रातिको अविरल बर्षाको कारण आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यम बहादुर विक भन्ने भेष बहादुर कामीको घर पुरिएको छ ।

पहिरोमा पुरिएका  घरमुली ५५ बर्षका भेष बहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए ।

पहिरोका कारण रातिबाट बेपत्ता भएका पाँच जनाको खोजीकार्यको लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय