बाल यौन दुरुपयोग मुद्दामा संग्लग्न भई फरार व्यक्ति पक्राउ

२०८१ असार २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा,२१ असार । वालिङ्ग नगरपालिकामा  बाल यौन दुरुपयोग मुद्दामा संग्लग्न भई फरार व्यक्ति पक्राउ परेका छन ।

 वालिङ्ग नगरपालिका वडा नम्बर ११ बस्ने भीम बहादुर पौडेल २०७८ साल चैत्र २० गते नौं वर्षीय बालिकालाई बाल यौन दुरुपयोग मुद्धामा ठहर भएका र स्याङ्जा जिल्ला अदालत ले छ वर्ष १७ दिन कैद तोकेको थियो।  फरार रहेका व्यक्ति बिहिबार वालिङ्ग ११ भकभका स्याङ्जाबाट खटिएको प्रहरीले पौडेललाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

६५ वर्षिय भीम बहादुर पौडेल एक वर्ष देखि फरार रहेको सूचना अधिकारी रानाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय