एमाले अध्यक्ष ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको निधन

२०८१ असार २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २२ असार । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षमा खटिएका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको निधन भएको छ । उनको भक्तपुर अस्पतालमा निधन भएको जनाइएको छ ।

ओली निवासमै थापाको निधन भयो वा अस्पतालमा भयो भन्नेबारे केही खुलाइएको छैन । सशस्त्र प्रहरी स्रोतका अनुसार थापाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।

सरकारले पूर्व प्रधानमन्त्रीहरूलाई ‘सुरक्ष थ्रेट’ का आधारमा सशस्त्र प्रहरीको इन्स्पेक्टर र सई नेतृत्वमा टोली खटाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय