स्याङ्जाको भिरकोटमा पहिराे पुरिएर बेपत्ता वृद्धाको शव भेटियो

२०८१ असार २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२३ असार।   स्याङ्जाको भिरकोट– ५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया खेमकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारि इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी राखेका थिए । पहिरोले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो । उक्त घरमा सासू–बुहारी बस्दै आएका थिए । पहिरो खस्दाखस्दै बुहारी रिता मल्लको भने भागेर ज्यान जोगिउनुभएकाे थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय