नेपाली सेनाका १०१ किशोरी दीक्षित, सेना बलियो भए देश बलियो हुन्छ : सहायकरथी कार्की

२०८१ असार २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भक्तपुर, २६ असार । सूर्यविनायकस्थित नेपाली सेनाको श्री इन्द्र बक्स गणमा नौ महिनाको नेपाली सेनाको तालिम सम्पन्न गरेका सिसं ४ का १०१ जना किशोरी आज दीक्षित भएका छन् ।

आज गणमा आयोजित दिक्षान्त समारोहमा नेपाली सेनाको १ नम्बर बाहिणीका बाहिणीपति सहायकरथी धु्रबकुमार कार्कीले समारोहमा तालिम सम्पन्न गरेको सेनाका जवानको कवाज प्रर्दशन निरीक्षण गर्नुका साथै उत्कृष्ठ सेनाका जवानहरुलाई पुरस्कार एवं प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।

नेपाली सेना बलियो भए देश बलियो हुने बताउदै उहाँले भन्नुभयो, “राष्ट्रको मेरुदण्ड नेपाली सेना हो, सेनाको मेरुदण्ड सिपाही हो । सिपाही बलियो भए सेना बलियो हुन्छ, सेना बलियो भए देश बलियो हुन्छ ।”

नेपाली सेनाको तालिम पुरा गरेर आजबाट पूर्ण रुपमा राष्ट्रको सेवामा लाग्न अग्रसर नेपाली सेना राष्ट्र, जनता र संस्थाप्रति ईमान्दार कर्मठ भएर कार्य र्ग निर्देशन दिदै उहाँले आफ्नो काँधमा आएको जिम्मेवारी पुरा गर्ने क्रममा देशले माग्दा ज्यानको समेत आहुती दिन सक्ने संकल्प बोकेर अगाडि बढेको बताउनुभयो ।

भविश्यमा आउने सक्ने कुनै पनि चुनौतीको सामना गर्ने अठोट बोकेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उहाँले राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, भौगोलिकताको रक्षाको लागि नेपाली सेना सधै लाग्ने बताउनुभयो । समारोहमा तालिम अबधीभर प्रथम हुने रोजिना कार्कीलाई सहायकरथि धु्रबकुमार कार्कीले पुरस्कार स्वरुप खुकुरी र सम्मान पत्र प्रदान गर्नुभयो । त्यसैगरि तालिम अबधीभर दौडमा प्रथम हुने गीताकमाुर िखड्का, ड्रिलमा प्रथम हुने प्रतिक्षा भुजेल, फाइरिङ्मा प्रथम हुने इन्द्रकुमारी खड्का र पुष्पाकुमारी बुढा, सञ्चिता नेपालीलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

तालिममा श्री इन्द्र बक्स गणका गणपति एवं प्रमुख सेनानी मोहनकुमार थापाले सिंस ४ का १०१ जना किशोरीहरुले तालिम पुरा गरेर आज दीक्षित भएको बताउनुभयो । उहाँले अहिलेसम्म गणले सिं। १०१ देखि १०४ सम्म नेपाली सेनाको तालिम पुरा गरेर देशभक्त कर्मठ सेनाहरु तयार पारेको बताउदै नयाँ भर्ना भएका सेनालmाई पनि तालिम दिने तयारीमा रहशेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय