बुटवल पावर कम्पनीको लापरवाहीका कारण लल्याङमा ८० घर जोखिममा

२०८१ असार २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

यमकला अधिकारी /सङ्गम भण्डारी/सुस्मा अर्याल

स्याङ्जा,२६ असार । बुटवल पवार कम्पनी अन्तर्गतको आँधिखोला जलविद्युत केन्द्रकाे लापरवाहीका कारण स्याङ्जाको गल्याङ नगरपालिका ३ लल्याङ गाउँ जाेखिममा परेकाे छ ।

स्थानीयसंग साझेदारी गर्ने गरी ग्रामीण परियोजना भनेर सुरुवात गरेपनि पछिल्लो समयमा झुक्याएको स्थानीयको आरोप छ । परियोजनाले सम्झौता अनुसार काम नगर्दा हाल ८० घर परिवार रहेको बस्ती पुरै पहिरोको जोखिममा परेको हो ।

गाउँको तलबाट परियोजनाकाे सुरुङ्गमार्ग,अन्यत्र क्षेत्रमा सिंचाइको लागि जाने नहर लगायतका कारण केन्द्र स्थापना देखी उच्च जोखिममा रहेको गाउँ पछिल्लो समय घरमा क्षति पुग्न थालेपछि स्थानीयले बस्ती नै सारेर केन्द्रको बिरोधमा उत्रिएका छन् ।

बुटवल पावर कम्पनीको आधिखोला जलविद्युत केन्द्र संग पटकपटक गरिएका सम्झौता कार्यनयन नहुदा बस्तीनै पहिरोको जोखिममा परेको स्थानीयको आरोप छ ।पहिराेको उच्च जोखिममा परेको गाउँ पछिल्लो समय निरन्तर परेको पानीको कारण घरहरु चर्किन थालेपछि स्थानीयले बस्ती अन्यत्र सारेर २०७० सालमा केन्द्रसंग भएका सम्झौता तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

स्थानीयहरुले बुधबार सोही जोखिममा परेको गाउँमा पत्रकार सम्मेलन गर्दै हामीलाई घर बास बिहिन बनाउने आधिखोला जलविद्युत केन्द्रलाई संचालन हुन नदिने धम्की समेत दिएका छन् । उक्त कार्यक्रममा बोल्दै लल्याङ क्षेत्र क्षतिपूर्ति संघर्ष समितिका संयोजक छवि भट्टराईले केन्द्र स्थापनाको सुरुवातमा भएका सम्झौता तत्काल कार्यनयन गर्न आग्रह गर्नुभएको छ ।

उक्त कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बुटवल पावर कम्पनी र त्यस अन्तर्गतको सिंचाइ परियोजना आक्वाले गर्नुपर्ने कर्तव्यहरू गरेकाे भन्दै विगतमा भएका सहमति पनि एकातिर पन्छाउँदै अगाडि बढिरहेको बताउनुभयाे । उहाँले बुटवलपावर कम्पनीले सामाजिक उत्तरदायित्व पालना नगरेको आरोप समेत लगाउनुभयाे । कार्यक्रममा बोल्दै उहाँले थ्रेसिङ भएर गएको पानी कालीगण्डकी नपुग्दा सम्म दायाँबायाँ, गाउँबस्ती, घरमा ढलाई गरेर, कुलेसो अथवा नहर बनाई व्यवस्थित रुपले कालीगण्डकीको तहसम्म पुर्याउन आग्रह गर्नुभएको थियो ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै लल्याङ क्षेत्र क्षतिपूर्ति संघर्ष समितिका संयोजक छवि भट्टराईले ८० घरधुरी रहेकाे गाउँमा यहिँ हिसाबले अगाडि बढ्यो भने गाउँ विस्थापित हुने अवस्था पुग्ने चिन्ता ब्याक्त गर्नुभयाे । उहाँले भन्नुभयाे “अहिले त केहि घर मात्रै बस्न अयाेग्य भएका छन् यहिँ गतिमा अगाडि बढे गाउँमा एक घर पनि बस्न लायक हुन्न” । यो अवस्थालाई रोकथाम गर्नका लागि यहाँका जग्गा भूमि संरक्षण गर्नका लागि निकै प्रयास गरेकाे पनि उहाँले जनाकारी दिनुभयाे ।

उहाँले २०३९ सालतिर बुटवल पावर कम्पनीको निर्माण सुरु गर्दा हाम्राे गाउँकाे २५० मिटर मुनिबाट १६० मिटर लामो सुरुङ्गमार्ग निर्माण गरिएकाे र त्यो निर्माण गर्ने क्रममा ठूलाठूला बम विस्फोट हुदाँ जग्गाहरू छेदविच्छेद हुन पुगेकाे र यसरी नै छेदविच्छेद हुन पुगेकाे कारण गाउँ क्षति  पुगेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे “हामीले विभिन्न खालका भूवर्गविदहरू र यो जग्गा जमिन सम्बन्धी काम गर्ने प्राविधिकहरूसँग हामीले छलफल गर्दा बुटवल पावर कम्पनीले टेरेस्ट सुरुङको प्रभावका कारणले यहाँको जग्गा जुन तरिकाले भूकम्प गएको छ जुन तरिकाले पहिरो गएको छ प्राविधिकले पनि यसलाई प्रमाणित गरिसकेका छन् ।”

तत्कालिन अवास्थामा बम विस्फोट हुँदा भान्सामा राखेका भाँडा खस्ने जस्ता समस्याहरू प्रत्यक्ष रुपमा देख्यौं अनुभव समेत उहाँले सुनाउनुभयाे । उहाँले तत्कालिन अवास्थामा बुटवल पावर कम्पनी सगं जिल्ला प्रशासन कार्यालयकाे राेहबरमा भएकाे सम्झौता तत्काल सम्बोधन गर्न माग गर्नुभएकाे छ ।

 

यस्तो छ तत्कालीन अवस्थामा भएको सम्झौता

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार