भीरकोटमा पहिरो पीडितलाई राहत वितरण

२०८१ असार २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा,२८ असार । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ ज्यामिरेमा असार २२ गतेको भीषण वर्षामा परी ज्यान गुमाउने खिमकुमारी मल्लको परिवारलाई राहत प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीबार राहत वितरण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको रु ५० हजार सङ्घको रु १५ हजार राहत तथा किरिया खर्च रु १५ हजार गरी ८० हजार नगद सहायक प्रजिअ पौडेलले परिवारजनलाई हस्तान्तरण गर्नुभयो । सहायक प्रजिअ पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै थप राहत रकम तथा नयाँ घर बनाउने सम्बन्धमा आवश्यक कानुनी व्यवस्थाका बारेमा परिवारजनलाई जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्यालले पनि विभिन्न आवश्यक सामग्री उपलब्ध गराउनुभएको थियो । उक्त राहत वितरणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राना, भीरकोट ५ का वडाध्यक्ष कृष्णबहादुर थापा, पत्रकार तथा लेखक युवराज पौडेल, जिल्ला प्रशासन कार्यालयका खरिदार मोहन पौडेल, नेपाली काङ्ग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी लक्ष्मण, लायन्स क्लब अफ भीरकोटका अध्यक्ष लायन ढाकाराम खनाल, उद्योग बाणिज्य संघ भीरकोटका वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्याल, नेपाल महिला सङ्घकी नेतृ सुनीता ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय