गैंडाकोटमा मृत भेटिएका एक पुरुषको पहिचान खुल्यो

२०८१ असार २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, २९ असार । नवलपुरको गैंडाकोटको नारायणी किनारमा भेटिएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार यात्रु रहेको सनाखत भएको हो । ती पुरुष सर्लाहीको बरहथवा- ३ घर भएका रमितकुशर माझी रहेको चितवन प्रहरीले जनाएको हो ।

उनका बुबा रवीन्द्र कुशर माझीले उनी आफ्नो १९ वर्षीय छोरा रहेको भनी सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

उनको शव आज दिउँसो गैंडाकोट- ७ थुम्सी नजिक नारायणी नदी किनारमा भेटिएको थियो । उनीसँगै भेटिएका अर्का पुरुषको भने अझै पहिचान नखुलेको डीएसपी रिजालले जानकारी दिए । यससँगै सोही बसमा सवार दुईजनाको पहिचान खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय