स्याङ्जाकाे पहिरो परि मृत्यु भएका परिवार भेट्दै पूर्व सांसद मल्ल

२०८१ श्रावण १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खडका
स्याङ्जा, १ साउन । गण्डकी प्रदेश पूर्व सांसद भागवत प्रकाश मल्ल असार २१ गते देखि परेको अविरल वर्षाका कारण बाढी पहिरोले निम्त्याएको क्षतिको अवलोकन , आवश्यक परामर्श र दुःखमा रहेका परिवारका सदस्य गुमाउने परिवार प्रति सहानुभूतिको लागि दौड धूप गर्नु भएको छ।

स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका निवासी एकै घर परिवारमा तीन जनाको स्याङ्गदिखोला माथिबाट पहिरो खसी मृत्यु भएको थियो। जस अन्तर्गत गुन्जेस्वरी मरासिनी हरी माया मरासिनी र माधव शर्मा रहनुभएको थियो । त्यसै गरी भिरकोट ५ मा घर माथिबाट खसेको पहिरोले घर गोठ पूरी खेम कुमारी मल्लको मृत्यु भएको थियो।

दुःखद अवस्थामा मृतकको परिवारमा सहानुभूति प्रकट गर्नको लागि दुःख मा साथ छौं भन्दै समवेदना प्रकट गर्न पूर्व सांसद मल्ल मृतक परिवारको घरमा पुग्नुभएको थियो। उहाले आफू सक्दो आर्थिक रकम सहयोग गर्नुभएको थियो भने त्यहा स्थानिय को बारेमा भएका घटना को बारेमा जानकारी पनि लिनुभएको थियो।

उहाले छिमेकमा रहेका घटनाको बारेमा जानकारी लिँदै छलफल गर्नुभएको थियो भने घर बास नै नहुने गरी पहिरोले लगेको हुँदा आफूले घर बास पुनर्स्थापनाको लागि पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो।

समवेदनाको लागि विरुवा गाउँपालिका पुग्नुभएका मल्ल बाटो सहज र छोटो हुने भन्दै गुमार्दी देउराली हुँदै भिरकोट ५ पुग्ने योजना रहेको तर आवतजावतको लागि पहिरो र बराह खोलाले समस्या बनाएको र बाढी पहिरोले बाटो अवरुद्ध गरिएको हुँदा समस्या भई विरुवाबाट फर्की राङ्गखोला हुँदै भिरकोट ५ पुगेको जानकारी पनि उहाले गराउनुभयो।

भिरकोट ५ मा पनि घर माथिको पहिरो आई घर पूरी खेम कुमारी मल्लको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दै छिमेक र वर पर भएका घटनाको बारेमा छलफल गर्नुभएको थियो। तत्कालमा घटना स्थलमा पुग्न नसके पनि घटनाले स्तब्ध बनाएको छलफलको समयमा भन्नुभएको थियो।

छलफलमा बाढी र पहिरोले समस्या बनाउँदा छरछिमेक स्थानिय सरकार पीडामा परेको मर्कामा हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै यतिबेला राजनैतिक सवाललाई महत्व दिएर सहयोगमा पछि हट्न नहुने जानकारी गराउनुभएको थियो। छिमेक समाज स्थानिय सरकारको आवश्यकता भनेको विपद्का बेला सहयोग गर्नको लागि पनि हो। मानव बाँच्छ र बचाउन सकिन्छ भने आफ्नो तवरबाट सक्दो प्रयास गर्न सबैको उत्तिकै जिम्मेवारी र भूमिका रहनुपर्छ भन्ने विषय उजागर गर्नुभएको थियो।

सहयोग र सेवाको लागि राजनीति नगरौं । बरु सकिन्छ भने समाधान र सहजताको बाटो तय गरौ भन्दै अविरल वर्षाले स्याङ्जा मा ठूलो क्षति पुर्याएको छ । यसको लागि सबै मिलेर समाधान खोज्नुपर्छ दोष देखाएर मात्र हुँदैन । नआत्तिकन समस्या हल गर्दै जानु हामी सबैको जिम्मेवारी हो भन्दै घटना भएको बारेमा जानकारी गर्न पनि आवश्यक रहन्छ । कति घटना को बारेमा थाहा नपाउँदा वेवास्था गरेको जस्तो हुन्छ त्यसैले समस्या घटना को बारेमा अवगत गराउन पनि छिमेक र नजिक हुने परिवारको कर्तब्य रहने विषय उठान गरेर स्थानिय मा सजगता पनि गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय