कांग्रेस उपसभापति गुरुङद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण

२०८१ श्रावण ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ४ साउन । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले बिहीबार स्याङ्जाका पहिरो प्रभावित क्षेत्रहरुको निरीक्षण गर्नुभएकाे छ । गत असार २१ गतेदेखि २३ गतेसम्म भएको अविरल वर्षाकाकारण बाढी तथा पहिरोले क्षति पु¥याएका स्याङ्जाका भीरकोट, वालिङ र गल्याङ नगरपालिकाका विभिन्न बस्ती तथा खेतीयोग्य भूमिको निरीक्षण गर्नुभएकाे हाे । विशेषगरी पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवार र बास गुमाएका परिवारलाई गुरुङ्ले ब्यक्तिगतरुपमा जनही दश हजार सहयोग उपलब्ध गराउनुभएकाे छ ।

पूर्व मन्त्रीसमेत रहेका गुरुङले भीरकोट नगरपालिका ५ को ज्यामिरेमा गत असार २२ गते दिउँसो पहिरामा पुरिएर ज्यान गुमाउन पुगेकी ७४ वर्षीया ख्यामकुमारी मल्लको परिवारलाई रु. दश हजार उपलब्ध गराउनुभएकाे छ । त्यस्तै भीरकोट ६ को फोक्सिङमा घरमाथिबाट आएको पहिरोले स्थानीय भक्तबहादुर थापाको घर पुरिएको छ । घरबारविहीन भएका थापा छिमेकीकोमा बस्दै आउनुभएकाे छ । थापाको परिवारलाई उहाँले नगद रु. दश हजार सहयोग हस्तान्तरण गर्नुभएकाे छ।

नागरिकहरु दुःखमा परेका बेला यहाँको जनप्रतिनिधि भएको नाताले आँफूले ब्यक्तिगतरुपमा जे सकें त्यो सहयोग गरें” उपसभापति गुरुङ्ले भन्नुभयाे, ‘जनधनको क्षति भएकालाई क्षतिपूर्तिकालागि ब्यवस्था र आवास निर्माणकालागि आवश्यक पहल गर्नेछु ।’ भीरकोट ५ को ज्यामिरे र ६ को फोक्सिङमा पहिरोकाकारण ८ घर जोखिममा छन् भने बाढी र पहिरोकाकारण पशुचौपाया, गोठ, जमिनमा क्षति पुगेको छ । यसै गरी वालिङका विभिन्न ठाउँमा गएको पहिरोले क्षती पु¥याएको क्षेत्रमा निरिक्षण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय