पहिरोका कारण स्याङ्जामा १३ को मृत्यु,पुर्व मन्त्री गुरुङ पहिरो प्रभावित क्षेत्रमा

२०८१ श्रावण ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,५ साउन । पछिल्लो समय आएको अविरल बर्षाका कारण स्याङ्जा जिल्लामा १३ जनाको मृत्यु भएको छ । त्यस्तै अविरल बर्षाका कारण ३ सय ९२ घर जोखिममा परेका छन् ।

अविरल बर्षाले ठूलो जनधनको क्षति पुर्याएको स्याङ्जामा यसै क्षेत्रका सांसद नेपाली काङ्ग्रेसका उप सभापति पुर्व मन्त्री धनराज गुरुङ पहिरो प्रभावित क्षेत्रमा पुग्नु भएको छ । पुर्व मन्त्रीले पुर्व रूपमा क्षति पुगेका परिवारलाई आर्थिक रुपमा सहयोग समेत गर्नुभएको छ ।

यस्तो छ स्याङ्जामा क्षतिको विवरण

असारमा आएको अविरल बर्षाले स्याङ्जामा १३ जनाको मृत्यु भएको छ । जसमा फेदिखोला गाउँपालिकामा २ जना,अर्जुनचौपारी गाउँपालिकामा २ जना, भिरकोट नगरपालिकामा २ जना, पुतलीबजार नगरपालिकामा ४ जना,बिरुवा गाउँपालिकामा ३ जना र आधिखोला गाउँपालिकामा १ जनाको मृत्यु भएको हाे ।

त्यस्तै अविरल बर्षाका कारण ९ जना घाइते भएका छन् भने ५४ पशुचौपायाको मृत्यु भएको थियो । ३ सय ९२ घरमा क्षति पुगेको छ भने १५ घर पुर्ण रूपमा क्षति भएका छन् । ८३ गोठ जोखिममा रहेका छन् ।

पुर्व गुरुङको सहयोग हस्तान्तरण

स्याङ्जाका सांसद नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङलेले जिल्लामा भएको क्षतिकाे अवलोकन गर्नु भएको छ । अवलोकन संगै जिल्लामा उहाँले ठूलो क्षति भएको परिवारलाई राहत स्वरुप १०/१० हजार रुपैया समेत ब्यक्तिगत रुपमा सहयोग गर्नुभएको छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका गुरुङले बिहीबार भीरकोट नगरपालिका–५ ज्यामिरेमा गत असार २२ गते पहिरोमा पुरिएर ज्यान गुमाउनुभएकी ७४ वर्षीया ख्यामकुमारी मल्लको परिवारलाई रु १० हजार उपलब्ध गराउनुभएको हो ।

भीरकोट नगरपालिका –६ को फोक्सिङमा पहिरोले विस्थापित हुनुभएका भक्तबहादुर थापाको परिवारलाई पनि उहाँले नगद रु १० हजार उपलब्ध गराउनुभयो ।

पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्माको मृत्यु भएको थियो । उहाँकाे परिवारलाइ नगद रु १० हजार उपलब्ध गराउनुभयो । त्यस्तै सोही ठाउँमै घर पुर्ण रुपले क्षति भोग्नुभएका इश्वारी लम्साललाइ पनि नगद रु १० हजार उपलब्ध गराउनुभयो ।

पहिरो पीडित १४ बर्षिया बालकलाई १२ कक्षासम्म निशुल्क पढाउने प्रतिबद्धता

असार २६ गते आएको अविरल बर्षाले बिरुवा गाउँपालिका ६ लामाखेतमा दिउँसो पहिरोमा पुरिएर ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएपछि उहाँसंग बस्दै आउनुभएका १४ बर्षका रोशन शर्मा टुहुरो बन्नुभएकाे छ । आमा सानैमा पोइला गएका कारण हजुरआमासंग बस्दै आउनु भएका रोशनलाई पुर्व मन्त्री गुरुङले १२ कक्षा सम्म निशुल्क पढाउने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार