स्याङ्जा काङ्ग्रेसले विविध कार्यक्रम गरेर वीपी सम्झ्यो

२०८१ श्रावण ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा ,७ साउन । स्याङ्जा काङ्ग्रेसले विविध कार्यक्रम गरेर वीपीलाई सम्झेको छ । वीपी स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसले जिल्ला र पालिकामा कार्यक्रम सम्पन्न गरेको छ ।

वीपी स्मृति दिवसको अवसरमा पार्टी कार्यालय स्याङ्जामा वृक्षारोपण गरिएको छ भने स्याङ्जाको वीपी चोकमा रहेको वीपीको सालिकमा माल्यार्पण तथा दीपप्रज्जवलन गरी वीपीप्रति श्रदासुमन व्यक्त गरिएको छ । वीपी चोकमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका पूर्व सभापति तथा जिल्ला समन्वय समितिका सभापति श्रीप्रसाद जिटीले बोल्दै वीपीको योगदानको चर्चा गर्नुभएको थियो ।

”वीपीले सयौं वर्षको समय चेतना थाहा पाउन सक्नुहुन्थ्यो । सम्पन्न परिवारमा जन्मे पनि वीपीको परिवारले प्रजातन्त्रका लागि सबै गुमाएर आन्दोलनमा होमिएको हो । वीपी गरिब र किसानका पक्षमा बोल्ने सच्चा नेता हुनुहुन्थ्यो ।” जिटीले भन्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा गण्डकी प्रदेशका पूर्व सांसद भागवतप्रकाश मल्ल, नेपाली काङग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, पुतलीबजारका सभापति सुरजकुमार अधिकारी, जिल्ला सहसचिव ध्रुवबन्धु पौडेल, उद्योग वाणिज्य सङ्घ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, उपाध्यक्ष रविन केसी, स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस इकाइ सभापति सविन रेग्मी लगायतका नेता तथा कार्यक्रताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय