आधिखोला हाइड्याम बनाउदा गल्याङका ७१२ घर विस्थापित हुने

२०८१ श्रावण ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,७ असार । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाको मोति चौरमा बाध हुने गरि तयार भएको आधिखोला जलाशययुक्त आयोजना बनाउदा ७ सय १२ घर विस्थापित हुने भएका छन् ।

गल्याङ नगरपालिकाको ३ मा विद्युत गृह हुनेगरी १ सय ८० मेगावाट विद्युत उत्पादन गर्ने अगाडि बढेको आयोजनाको पुर्व सम्भाव्यता अध्ययन गरि स्वीकृत भैइसकेको प्रधानमन्त्री केपि शर्माले ओलिले बताउनुभएको छ । सोमबार संसदमा प्रश्न उत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलिले यस्तो बताउनुभएको हो । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री स्याङ्जाका सांसद धनराज गुरुङले उठाउनु भएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलिले हालसम्मको अध्ययनले आयोजना अगाडी बढाउन उपयुक्त देखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय