सत्ताको तागत होइन विधिको तागतको उपयोग गरौ

२०८१ श्रावण १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

सांसद भएर देशमा सुशासन र विकास ल्याउँछौ भन्दै अघि बढ्दा देशमा भएका दैविक प्रकोप मानवीय समस्यामा नबोल्ने तर जब आफूलाई फाइदा हुन्छ त्यहा अघि बढ्ने र सांसद मै बहस गर्ने प्रविर्ती देश र आम नागरिक को लागि समस्याको विषय त्यस माथि पनि लज्जाको विषय रहेको छ।

देशमा रोजगार नपाएर अवैध रुपमा केही गर्छु भन्दै रोजगारी प्राप्त गर्नको लागि आफ्नो परिवार र देश समाज छाडेर विदेशिएका जनता मारिदा आफन्तले ज्यान बचाउनको लागि विरोध स्वरूप र्याली गर्दा पक्राउ गरेर जेलमा कोच्दा मानवीयता नभएका करुणा नभएका तर आफ्नो पार्टी र आफ्नो लागि फाइदा हुँदा सत्ता र पदमा रहदा आफ्नो जिम्मेवारी नसम्झेर आफ्नो फाइदाको लागि परराष्ट्रमा विज्ञप्ति भेटिन्छ भने यसबाट हामीले कस्तो आशा गर्ने अव दुःखद परिस्थिति सृजना भएको छ।

आफ्नो फाइदाको लागि आम नागरिक माथि करुणा जाग्ने तर वास्तविक समस्यामा परेका मानव र परिवार माथि करुणा नजाग्ने परिस्थिति ले हामी कता तिर जादै छौं निकै गम्भीर प्रश्न खडा भएको छ। भारत मा अलपत्र पर्ने नागरिक माथि रूसी सेनामा समस्या हुँदा परिवारको चित्कार माथि बाढी पहिरोले ज्यान गुमाएका परिवार को आफन्ती , गाडी ठोक्किएर पहिरो ले बगाउँदा बगाउने र उनीहरूको परिवार माथि , खेत बारी सर्वस्व बनाएर लागेको परिवार माथि पटक पटक जहाज दुर्घटना हुँदा विविध घटना माथि गाडी ठोक्किदा पल्टदा बाटो नहुँदा अलपत्र पर्दा समस्यामा पर्दा नजागेको करुणा नआएको विज्ञप्ति के जगाउनको लागि परराष्ट्रमा विज्ञप्ती पुगेको हो दुःखद विषय रह्यो। अझ त्यस माथि छानबिन हुनुपर्छ भन्दा अनेक बहाना गरेर बचाउन खोज्ने धन्य हामी नेपाली सांसद बनाएका जनता दोषी हो या सांसदको नियति दोषी हो परिस्थिति बुझ्न गार्हो भयो।

सत्तामा बसेर शक्तिको दुरुपयोग गर्ने की सदुपयोग गर्ने हो विषय मा हेक्का हुँदैन भने के को लागि सांसद बन्नु दुःखद विषय रह्यो। सांसद बसेर यसलाई कारबाही गर्ने त्यसलाई कारबाही गर्ने तागत छ भन्दै गर्दा सांसदको तागत बलियो र महत्व हो या संविधानको विधि र विधान बलियो र महत्व हो यसमाथि ध्यान पुर्याउने की नपुर्याउने दुःखद विषय हो। सत्तामा गए भन्दै गर्दा सक्ती आफूसँग रहन्छ या विधि विधान मा रहन्छ भन्ने हेक्का राख्न की नराख्ने लज्जास्पद विषय भएको छ। यसले आम नागरिक र विश्वलाई नै के संदेश दिन खोजेको हो यसको मूल्यांकन गर्ने की नगर्ने सांसद हरुले सत्ता र शक्तिमा कसरी पुग्ने भन्ने मात्र सोच राजनैतिक नेतृत्वमा हावी भएको छ। सत्तामा पुगेर मेरो जिम्मेवारी के हो भन्ने हेक्का नभएपछि देश विकास को कुरै नगरौं कसरी सुशासन राख्न सकिन्छ यस विषय मा नेतृत्व तहले सोच्ने कि नसोच्ने दुःखद विषय उत्पन्न भएको छ। नीति नियम विधि विधान भन्दा नेतृत्वमा पुग्ने को तागत ठूलो हुन्छ भने कसरी देशमा सुसासन को परिकल्पना गर्न सकिन्छ सांसदको बहसले निम्त्याउन खोजेको र आम नागरिक लाई बुझाउन खोजेको के हो प्रश्न खडा भएको छ। गलत प्रविर्ती बिरुद्द कारबाही को प्रक्रिया अघि बढाउने हो या ढाक छोप गरेर तागत छ भनेर तागत प्रदर्शन गर्ने हो दुःखद विषय बनेको छ । त्यत्रो तागत भएका सांसद किन सिमाना अतिक्रमण मा बोल्न नसक्ने त्यति तागत हुनेहरु सिमाना अतिक्रमण को बारेमा बोल्न सकुन् आफ्नो भूमि फिर्ता गर्न सकुन् न बल्ल त्यस्तो तागत को मूल्यांकन हुन्छ ।

पार्टी भित्र सांसदले गरेको गल्ती का विषय मा बहस गर्नको लागि नागरिक ले मतदान गरेका हुन् कि सबै मिलेर देश मा सुशासन र विकास गर सहज वातावरण बनाऊ भनेर नागरिक ले मतदान गरेका हुन यस विषय मा ध्यान दिने कि नदिने । सांसद मा छलफल र निर्णय के का लागि गर्ने हो भन्ने हेक्का हुँदैन भने किन चाहियो सांसद बन्द गराए भइहाल्यो यो सबै व्यवस्था । व्यवस्था को महत्व नै सांसद मा उठ्दैन भने आम नागरिक को समस्या को समाधान लिएर केही निर्णय अघि बढ्दैन भने सांसद मन्त्री बनाउनु किन आवश्यक रह्यो र प्रश्न चिन्ह खडा हुने ठाउँ रह्यो।

देशमा रोजगार नपाएर आम नागरिक विदेशिन बाध्य हुनुपरेको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खचाखच छ । गाउँहरु खाली भई सक्यो युवा हरु विदेशिदा देश भित्र सकिन लागे कसरी युवालाई देश भित्र बस्ने बाताबरण सृजना गर्न सकिन्छ कसरी परिवार भित्र रम्न सिकाउने कसरी युवाको सक्ती खुबी पसिना देश भित्रको माटोमा मिसाउने भन्ने सोच छलफल नहुने कहा कसले के दिन्छ भनेर व्यक्तिगत फाइदाको लागि काम गर्ने त्यसैको विषय मा सांसदमा छलफल गर्ने प्रवृत्तिले देश विकास हुने कल्पना गर्न सकिँदैन ।त्यसमा पनि जनताको म्याण्डेट भनेर रोइलो गर्न मिल्दैन ।

सत्ता र शक्तिको सकिन्छ सदुपयोग गरौं देश र आम नागरिक को सेवा सहजता र समाधान मा खर्च गरौ सकिँदैन भने व्यक्तिगत सवाल लिएर बहस गर्नुपर्ने परिस्थीती सृजना नगरौं । सत्य केही समय भ्रम मा रहला तर डग्दैन त्यसैले गलत सबै गलत हो यसलाई बहिष्कार गरौ । गलत कहिले जानेर हुन्छ कहिले नजानेर हुन्छ तर व्यवस्था बुझेर अघि बढ्नु आवश्यक छ। आफ्ना पार्टीका गलत पनि सही ठानेर चोख्याउने हो भने कसरी सुसासन सम्भव हुन्छ । चोख्याउन भन्दा पनि असली बाटो पहिचान गराउन जरुरी छ । आम नागरिक लाई पनि भान होस सत्तामा भए पनि नागरिक भए पनि नीति एउटै छ गलत का बिरुद्द राज्य लाग्छ निष्पक्ष छानबिन गर्छ भन्ने हुनु जरुरी छ।

आम नागरिकका समस्या समाधान देश विकासका विषय एतिहासिक स्थलको संरक्षण र प्रवर्द्धन विषय दैविक प्रकोप समाधानका विषय युवाका समस्या बेरोजगार न्यूनीकरण गरिबी उन्मूलन विषय आर्थिक उपार्जनका विषय कृषि र आधुनिकीकरण यावत् विषयमा सांसद भवनमा छलफल होला भन्यो सांसदमा सांसदले गरेका अपराध लुटपाट चोरीको विषय अन्याय गरेका विषय माथि छलफल गर्नु पर्ने त्यसैलाई बचाउन तागत खर्चनुपर्ने यो कस्तो खालको विधि र विधान हों लज्जास्पद विषय रहेको छ।

सत्ता र सक्ती विधि र विधानमा रहनुपर्छ सत्ता र सक्तीले विधि विधानमा आँच आउँछ भने कसरी सम्भव रहन्छ सुशासन आम नागरिकको दुर्भाग्यको विषय हो। कहिले कुन सङ्ग मिलेको छ कहिले कुन सङ्ग मिलेको छ धन्दा त्यही आफू बाँच्ने र बचाउने मात्र । देशमा प्रजातन्त्र आयो के का लागि आन्दोलन भन्दै गर्दा गणतन्त्रको लागि आन्दोलन गरे तर जनताको लागि नभई सांसद मा छिर्ने को लागि गणतन्त्र आयो आम नागरिक लाई आएन। जसरी प्रचण्ड ले आफू सत्ता मा रहिरहन कहिले को कहिले को प्रयोग गर्दा अहिले यो परिस्थिति सृजना भएको छ त्यसै गरी भोलि जनताले यस्तै प्रविर्ती नेतृत्व तह सङ्ग लिन लागे भने देशको परिस्थिति अझ फेरिन सक्छ त्यसैले हेक्का रहनु जरुरी छ ।आम नागरिक राजनैतिक नेतृत्व देखि वाक्क भई सकेका छन् । त्यसैले सजग र सहज हुने काम गरौ जनताहरू सर्वेसर्वा हुन जनता ले चाह्यो भने परिवर्तन हुन समय लाग्दैन । त्यसैले छलफल बहस कुन विषयमा गर्ने हो नेतृत्व ले के काम गर्नको लागि सांसद मा पुगेको हो भन्ने विचार गरेर अघि बढौ । मरी लग्नु केही छैन खाली जाने हो भन्ने हेक्का रहोस। विविध घटना नियालेर सोचौं कसले के लिए र गयो र किन कमाउनको लागि मरिहत्ते गर्नु भन्ने हेक्का रहोस्। अहिले राम्रो गरे भोलि आफ्ना वंशजको लागि पनि प्रेरणाको स्रोत बन्ने हो त्यसैले यस विषय मा पनि गम्भीर भएर ख्याल गर्नु र सोच्न जरुरी छ।

देशमा भ्रष्टमा नाम मुछिएका व्यक्ति पदमा रहनु र राख्न अघि बढ्नु संसदीय कमजोरी हो भने भ्रष्ट नभए पनि सत्ता र शक्तिको भरमा भ्रष्ट बन्न अघि बढेका लाई रोक्न नसक्नु पनि संसदीय कमजोरी हो भने यि यस्ता व्यक्तिलाई आम नागरिकले फिर्ता बोलाउन जरुरी छ । जसले मत हालेर जिताएको छ त्यहाको आम नागरिक माथि पनि धक्का पुग्छ । त्यसैले यस विषयलाई मध्यनजर गर्दै आफ्नो कर्तव्यलाई ख्यालमा राखौ ।

सांसदमा गलत गर्ने व्यक्ति पदमा रहिरहने पर्दाफास भई सकेका अपराध भ्रष्टाचार को कारवाही नगरी खोजी खोजी मन्त्री बनाइरहने एकै व्यक्ति पदमा रहिरहने हो भने कसरी सु शासन आउने हो नयालाई मौका नदिने गलत गर्ने ले गरिरहने हो भने विकास सम्भव हुँदैन ।

गिरीबन्धु काण्ड , क्यान्टनमेन्ट घोटाला, भुटानी शरणार्थी, सहकारी काण्ड , यति काण्ड , ओम्नि काण्ड , निर्मला काण्ड, वाइडबडी काण्ड मानव वेचविखन देखि स्वास्थ्य उपकरण जस्ता विविध काण्ड कता हराए सांसद भवन मा पुगेपछि चोख्ख़िने हो कि झार पात डढाएर खरानी बनाए जस्तो मन्त्री भए पछि काण्ड पनि आफै चोखिएर जाने हो दुःखद विषय सांसद अघि तेर्सेको छ । यसको विषय मा बहस होला की नहोला समिति बनाउने काम कारबाही हुने काम भएन भने जुन जोगी आए पनि कानै चिरेका भन्ने यथार्थ आम नागरिक मा रहिरहने हो या गृह मन्त्रालय केही सच्चे र अघि बढ्ने हो हेर्न बाकी नै छ।

सांसदमा हिसाब किताब गरेर पार्टी पार्टीका गलत लेखाजोखा गरी भाग बण्डा मिलाएर छाड्ने हो या गलतका बिरुद्द कारबाही गर्ने प्रविर्ती अघि बढाउने हो प्रश्न खडा भएको छ। साताको सक्ती ठूलो होकी विधिको शासन ठूलो हो जान्न पाउने कि नपाउने हामी जनताहरू१ सत्ता र सक्ती ठूलो होइन नीति विधि ठूलो हो भन्ने भान देख्न कहिले पाउने १ बहस गर्दा सांसदको चरित्र को होइन देशको परिस्थितिको विषय मा गरेको सुन्न पाइयोस । यति सरम नहोस की हामीले कस्ता लाई नेता बनाएर सांसद मा पठाएका रहेछौ भन्ने पीडा जनता मा नहोस जनता ले गर्व गर्ने ठाउँ राखेर कार्य होस् । सुशासन को विधि प्रक्रिया मा ध्यान नदिए अव राजनीति मा विश्वास गरेर मतदान के का लागि गर्ने । जनता नै सांसद माथि जाई लागे भने जबाफ के दिने हो भन्ने हेक्का राख्दै सत्ता मा होइन विधि मा तागत छ भन्दै सांसद र मन्त्रिमण्डल अघि बढेको देख्न पाइयोस् । जनता एक ठाँउमा भए भने दुई चार सय नेताको केही लाग्दैन । त्यतिबेला असली तागत र सक्ती देखापर्न सक्छ । त्यसैले सावधानी रहौं पदको दुरुपयोग नगरौं । नाम मा सुशासन छर्ने व्यवहार मा अलग धन्दा नभई मानवीय हित मा काम गरौं ।कल्याण कारी सोच ले अमर र अजर राख्छ भने नया लाई पनि प्रेरणाको स्रोत बन्न सक्छ ।

पुजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा

(लेखक हेर्ने कुरा डटकमका स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय