स्याङजाको गल्याङमा महिला शिक्षिकाहरुले मात्रै हाँकेको बिद्यालय

२०८१ श्रावण ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा , ११ साउन । स्याङजाको गल्याङ नगरपालिका ३ लल्याङ स्थित ज्ञानज्योती आधारभुत विद्यालय जिल्लामै पहिलो महिला शिक्षिकाहरुले हाँक्दै  अाउनु भएको छ । चुलो चौकामा मात्र सिमित महिलाहरु अवसर पाए पुरुष सरह काम गर्न सक्छन भन्ने उदाहरण स्याङजाको गल्याङ नगरपालिका ३ लल्याङ स्थित ज्ञानज्योती आधारभुत विद्यालय जिल्लामै पहिलो महिला शिक्षिकाहरुले हाँकेको बिद्यालय हो । २०४६ सालमा स्थापना भई हालसम्म महिलाहरु मात्रै प्रधानाध्यापक भएर प्रशासन चलाउदै आउनुभएको छ ।

२०४६ सालमा स्थापना भएको स्याङजाको गल्याङ नगरपालिका ३ लल्याङमा रहेको श्री ज्ञानज्योती आधारभुत बिद्यालयमा हालसम्म महिलाहरुले मात्रै बिद्यालय संचालन गर्दै आउनुभएकाे छ । चुलो चौकामा मात्र सिमित महिलाहरु अवसर पाए पुरुष सरह काम गर्न सक्छन भन्ने उदाहरण यो बिद्यालयका शिक्षिकाहरुले देखाउनुभएकाे छ ।

बालकालिका बिद्यालय प्रवेश गरेपछी घरमै बसेर अध्ययन गरेजस्तो महसुस हुुने, छोराछोरी समान ब्यावहार हुने भएकाले बालबालिकाको रोजाईमा यो बिद्यालय परेको छ । ६१ बिद्यार्थी रहेको बिद्यालयमा ५ दरवन्दी तथा दुई कर्मचारी गरी सात जना महिला शिक्षिकाले पठन पाठन गराउदै आउनुभएकाे छ । आफुले सिकेका कुराहरु बिद्यार्थी माझ फरक ढंगवाट ब्यावाहारीक शिक्षा प्रदान गर्ने गरी शिक्षा दिने गरेको बिद्यालयकी प्रधानाध्यापक सरस्वती भट्टराईले बताउनुभयाे ।

गल्याङ नगरपालिकामा ७ संस्थागत, ६२ सामुदायीक र १ गुरुकुल विद्यालय रहेका छन । पालिकामा ५ हजार २ सय ५६ बिध्यार्थी संख्या रहेको भएतापनी ज्ञानज्योती आधारभुतमा अध्ययन गरेका विद्यार्थीहरु हरेक क्रियाकलापमा अगाडी देखिन्छन । महिलामैत्री शिक्षिका भएको उक्त बिद्यालयमा पालिकाले समेत बिशेष ध्यान दिने गरेको गल्याङ नगरपालिका प्रमुख गुुरु प्रसाद भट्टराईले बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय