कल्पना भट्टराई
काठमाडौ,१४ साउन । करिब एक हजार हेक्टर क्षेत्रमा सिंचाइ हुने चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोला कुलो छिटो संचालन गर्न सांसद धनराज गुरुङले सरकारसंग माग गर्नुभएको छ ।
गत असार २२ गते अविरल वर्षासँगै आएको पहिराले ठूला ढुङ्गा ल्याइ नहर पुरिएको थियो । २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेने अवस्था आएको भन्दै उक्त कुलो छिटो संचालन हुनुपर्ने सांसद गुरुङले माग गर्नुभयो । सोमबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद गुरुङले पटकपटक पहल गर्दा पनि अहिलेसम्म कुलो संचालन हुन नसकेको भन्दै यसमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो ।