हिमाल न्यौपाने
साउन,१४ स्याङजा । स्याङजाको गल्याङमा प्रथम गल्याङ प्रिमियर लिग (जिपिएल) हुुने भएको छ । सोमवार गल्याङ बजारको हंग्रीहन्ट होटलमा आयोजीत पत्रकार सम्मेलनमा उक्त खेलको जानकारी गल्याङ क्रिकेट संघले गरेको हो ।
टि २० फम्र्याटमा आयोजना गर्न लागिएको यस क्रिकेट प्रतियोगितावाट स्याङजाको क्रिकेटको ईतिहास रच्ने लक्ष्यका साथ खेलको सुुरुवात गर्न लागीएको खेल संयोजक एवम् उपाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
गल्याङ नगरपालीका भित्रवाट ८ टिमको सहभागीता रहनेछ भने गल्याङ प्रिमियर भदौ १ गतेवाट संचालन हुनेछ । बर्खाको समयमा खेल प्रभावीत नहोस भन्नका लागी ३ वटा ठाउमा खेल मैदान छनोट गरीएको संस्थाका सचिव अमृत खनालले बताउनु भयो । उहाले भन्नुभयो “गल्याङ १ मालुुङगा खेल मैदान ,गल्याङ ११ दिमिक क्रिकेट मैदान र रम्भा गाउपालीका १ असेर्दी लाई छनोट गरीएको छ ।”
प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख रुपैया तोकिएको छ । त्यसैगरी द्धितिय पुरस्कार रु ५० हजार राखिएको छ । पत्रकार सम्मेलनमा प्रेस युनियन स्याङजाका अध्यक्ष तोलाकान्त बगाले,नेपाल टेलिभिजन स्याङजा संवादाता हिमाल न्यौपाने, हेर्नेकुरा अनलाईनका संचारकर्मी करुण अधिकारी,संगम भण्डारीको उपस्थित रहेको थियो ।त्यसैगरी स्वतन्त्र पत्रकार टिकाराम अधिकारी, दीपखबर डटकमका क्रान्ती अर्याल, गल्याङ एफएम लगाएतका संचार माध्यमहरुको सहभागता रहेको थियो ।