संगम भण्डारी
स्याङ्जा, १६ साउन । गल्याङ नगरपालिकामा गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता भाद्र १ गतेदेखि सञ्चालन हुने गल्याङ क्रिकेट संघले जनाएको छ।
गल्याङ मात्र नभई जिल्लाको खेल क्षेत्र र क्रिकेटको विकासको लागि खेलाडीहरूको खेल वृद्धि र त्यहाँबाट राष्ट्रिय स्तरसम्म खेलाडीहरू उत्पादन गर्न सक्ने खालको बनाउनका लागि उक्त कार्यक्रमको आयोजना गरेको प्रिमियर लिग क्रिकेट प्रतियोगिताका खेल संयोजक खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
उहाँले यस क्रिकेट प्रतियोगिताबाट अरु केही नभए पनि यस क्षेत्रबाट एउटा दक्ष खेलाडी र क्रिकेटमा राष्ट्रिय स्तरसम्म पुग्न सक्ने खेलाडी उत्पादन गर्ने र त्योसँगै यसलाई व्यावसायिक रुपमा खेलाउन सक्ने बनाउनको लागि उक्त खेलको आयोजना गरेको बताउनुभयो। क्रिकेटलाई प्रबन्धन गर्नका लागि क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने यो सुवर्ण अवसर रहेको उहाँको तर्क छ ।
यो प्रतियोगिता अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेर सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । आगामी भाद्र १ गतेदेखि सञ्चालन गरिने यो प्रतियोगिताको खेलाडीहरूलाई फर्म भराएर विभिन्न नियम परिधि भित्र रहेर खेल्न इच्छुक साथीहरुलाई फर्म भराएको र फर्म भरिसकेको साथीहरुलाई उहाँहरुमा मध्यबाट हामीले अन्यपालिकाका तीन तीनजना खेलाडीहरू आठवटा टिममा समावेश गराउने बताउनुभयो ।
आम क्रिकेट खेलाडी र क्रिकेट प्रेमीसँग क्रिकेट पुगोस् भन्ने हेतुले यसलाई अगाडि लगेको उहाँले जनाउनुभयो खेलमा गल्याङ नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जानएको र नगरबाट पाएको साथ सपोर्टले यस खेल सञ्चालन गर्न अझै बल पुगेको समेत उहाँको भनाइ छ ।
उक्त खेलमा प्रथम पुरस्कार ट्रफी र मेडल सहित रु १ लाख प्राप्त गर्ने र द्वितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार व्यवस्था गर्ने बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु १० हजार उत्कृष्ट बलरलाई ५ हजार उत्कृष्ट ब्याट्सम्यानलाई ५ हजार र उदयमान खेलाडीहरूको लागि ५ हजार गरी ८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको बताउनुभयो ।