स्याङ्जाकाे कालीगण्डकीमा एशिया कै सबै भन्दा ठुलो ढुङ्गा

२०८१ श्रावण १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रभा पाण्डे
स्याङ्जा, १८ साउन । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं १ स्थित कालीगण्डकी नदीको किनारामा एशिया कै सबै भन्दा ठुलो ढुङ्गा रहेको छ  । नेपालकै प्रसिद्ध दुई धार्मिक तथा एतिहासिक स्थल रुरूक्षेत्र धाम र रानीमहलको बीचमा अवस्थित कोठी ढुङ्गा एसियाको एक मात्र विशाल चट्टानी ढुङ्गा हो । यो ढुङ्गाको लम्बाई २०० मीटर , उचाई ५४० मीटर र चौडाई ६० मीटर रहेको छ ।

यस ढुङ्गा माथि सम्मो ठाउमा एउटा मन्दिर पनि छ । यस मन्दिरलाई सहकाली देवीको थान रहेको छ। यहाँ मानिसहरु प्रत्येक वर्षको चण्डी पूर्णिमाका दिन यस ढुङ्गामा ९थान० पूजा गर्ने गर्छन् । सहकली देवीको पूजा भइसकेपछि त्यस भेगमा अनिकाल नलाग्ने जनविश्वास रहिआएको छ। स्थानिय वासी केशव कोइरालाले पूजा पछि यस भेगमा रोग नलाग्ने , सहकालको बास हुने , कम खडेरी पर्ने , खेतीपाती गर्न चाहिने मल पछि यही ढुङ्गाको मुनि बाँधिएका गाई, गोरुहरूबाट पुग्ने र ठूलो पानी परेको बेला ओढार भित्र बस्न सकिने जानकारी दिनु भयो। त्यस्तै उक्त ठाउँमा बाँधिएका गाई गोरुलाई , बाघले कुनै पनि हानि नपुर्याउने सत्य घटनाको बारेमा बताउनु भयो।

१९औं शताब्दीको बेला ढुङ्गा भित्र २० बीस हलगोरुको गोठको रूपमा प्रयोग गरिएको, वरीपरि खेती गर्ने समयमा रात परेको खण्डमा उक्त ठाउँमा बास बसेको साथै , कोठी ढुङ्गा ५० मीटर परको क्षेत्र पशुमा बाघले आक्रमण गरेको ढुङ्गाको आसपास देवि शक्ति भएको कारण कुनै क्षेती नहूने किम्बदंती पिउंघा निवासी कृष्ण बहादुर  रानाले बताउनु भयो । कोठी ढुङ्गा कालीगण्डकी गउपालिकाको महत्वपूर्ण सम्पदा हो ।

यस माथि मन्दिर तथा पार्क बनाउनको लागि कालीगण्डकीमा गाउँपालिकाले योजना तयार पार्दै रहेको छ । त्यसको लागि यसको बारेमा संघीय सरकार, प्रदेश सरकार संग माग राखिएको र योजना बनाउँदै गरेको कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय