पशुपतिनाथमा देवी प्रतिभाको कथा वाचन र त्यस सम्बन्धी उब्जेका विषय

२०८१ श्रावण १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

अन्तराष्ट्रिय कथा बाचिकाका रुपमा चिनिदै आएकी नेपाल कि छोरी देवी प्रतिभा पशुपति नाथ मन्दिरमा धार्मिक विश्वास स्वरुप कथा वाचन गर्न आउनु नेपालको लागि गर्वको विषय हो । बसाईको हिसाबमा जहा रहेपनि नेपाल र नेपाली पहिचान गराउनु देशको लागि राम्रो गौरवको विषय पनि हो।  कथावाचन गर्ने क्रममा सबैलाई प्रभावित पार्न सक्नु एक किसिमको खुबी हो भने बोलिएका बाणीले प्रभावित पार्ने सक्तीबाट मन जित्नु गौरवको विषय पनि हो।

यहां महत्वपूर्ण विषय कथा बाचिकाले कथा प्रदर्शन गर्नु सबैलाई आकर्षित गराउन सक्नु उनको कला र गलाको प्रभाव नै हो। यसै प्रसङ्गमा हामी माझ रहेको विषय उनको सुरक्षा कर्मीको विषय रह्यो। विविध कार्यक्रममा व्यक्तिलाई सुरक्षाको आवश्यक रहन्छ जन्मभूमि होस् या अन्य स्थल आफ्नो सुरक्षाको लागि आफैले सुरक्षाको व्यवस्था गर्नु नराम्रो विषय होइन । तर कार्यक्रम आयोजकको जिम्माको विषय हो भने आफैले व्यवस्था मिलाउनुलाई अतिरञ्जित गर्नुपर्ने आवश्यकता देखिँदैन । देश भित्र नारायण पोखरेल पनि गोली लागेर मर्नु परेको हाम्रो अगाडि कै घटना हो । त्यसैगरी विविध राजनैतिक व्यक्तित्वहरु तथा सामाजिक व्यक्तित्व हरु र कलाकार माथि पनि धेरै पटक प्रहार भएको हामीले देखेकै घटना हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति निवर्तमान गृहमन्त्री माथि खोइला प्रहार भएको थियो। त्यसै गरी राष्ट्रपति रामचन्द्र पौडेललाई पार्टी मै रहदा केही समय अघि गालामा हिर्काएको हामीले सुनेको नैं हो । त्यसै गरी कलाकार माथि चप्पल प्रहार पनि हाम्रो आँखा अगाडि नै भएको हो । मानव जन्मन्छ एक दिन मर्नु त छदै छ । अकाल मै मर्नु पनि त भएन । त्यसैले सुरक्षाको विषय मा रोइलो गर्नुपर्ने जरुरी छैन । त्यसै ले धार्मिक स्थल मा सुरक्षा कथा बाचिका मात्र नभई हरेक आम नागरिक को आवश्यक छ भने सावधानी तवरमा सेवा दिनु पनि आवश्यक छ।

अर्को विषय रह्यो उनले बोल्दै गर्दा सम्बन्ध विच्छेद को विषय छ। हिन्दू धर्म मा विबाह गर्दा सात फेरा लिने प्रचलन छ यसमा सँगै जिउने मर्ने बाचा पनि गरिएको हुन्छ । यस हिसाब मा मिलेर बस्नु राम्रो विषय हो । तर दमन शोषण गरिरहने परिवार मा सँगै रहनुपर्छ भन्ने छैन । भन्ने गरिन्छ दमन शोषण गर्ने भन्दा पनि सहने ठूलो अपराध हो । त्यसैले सुरक्षाको नैसर्गिक अधिकारको विषय पनि रहन्छ। यस विषय मा सकेसम्म मिल्नु राम्रो हो तर महिला ले हरेक विषय सहनुपर्छ भन्ने छैन । कथा बाचिका ले कुन आधारमा विश्लेषण गरेको ठो थाहा भएन तर सुरक्षाको विषय को कुरा गर्दा सम्बन्ध विच्छेद गरेका कतिपय महिला प्रति पुरुषको गिद्दे नजर परेको पनि देखिन्छ भने कति पुरुष सहनशील पनि छन् र महिला का मर्का समस्या बुझ्ने सक्दो सहयोग गर्ने खालका पनि छन् । हिन्दू धर्ममा सम्बन्ध विच्छेद लाई मान्यता दिएको छैन यसैलाई आधार मानेर कथा बाचिका ले कथा प्रस्तुत गर्नु पनि नराम्रो होइन ।

एक नारी छोरी हुँदा बाबाको सुरक्षामा बाबा नहुँदा दाजुभाइको सुरक्षा मा र विबाह गरेपछि श्रीमान को सुरक्षामा र बुढेस कालमा छोराको सुरक्षा मा भन्ने प्रचलन पनि कालान्तरमा थियो । तर विश्व व्यापिकरण को मान्यता सँगै सोचाइ मा परिवर्तन भएको छ । दमन शोषण सहनुपर्छ भन्ने विषय राम्रो होइन । छोरा या छोरी महिला या पुरुष दुवै बराबरी भन्ने हाम्रो आम धारणा रहेको छ। सम्बन्ध विच्छेद गर्दा महिलामा सामाजिक असुरक्षा को विषय पनि हाम्रो आँखा अगाडि देख्न सकिन्छ ।

अर्को विषय विवाहको रह्यो। खासमा विबाहको विषयमा झुठो बोल्नु पर्ने थिएन । आन्तरिक विषय नजानिकन विवाहित अविवाहित भन्नु आवश्यक पनि हुँदैन । सही तथ्य भन्दा नराम्रो पनि हुन्थेन। उनले के का लागि स्पष्ट पार्न चाहिनन् अलग विषय हो। उनको उमेर बिबाहित अबिबाहितमा चासो राखनु भन्दा उनले बोलेका बाणीमा हामी प्रभावित भएर यो विषयमा अघि बढ्नु राम्रो हो। हुनत बिबाहित भएको भए बिबाहित भन्दा पनि हुने हो नभन्नु ले पनि उनको पारिवारिक स्थिति बुझ्नुपर्ने र रोइलो गर्नुपर्ने होइन ।

त्यसैगरी अर्को कथा बाचिका चन्द्रकला सखी पशुपति कोटीहोममा लन्डनबाट आएकी भनिए पनि गोरुले मयूर खान्छ मयूरले सर्प भन्दै गर्दा उनले गल्ती स्वीकार गर्दा पनि यस विषय मा कोही बचाउ धन्दा उनी बोलेको सही हो भन्ने र कोही गलत हो भनेर टिप्पणी गर्नुपर्ने विषय होइन । तर यहाँ दुई थरिको भिडन्त नै भयो। गलत लाई गलत भन्न पाइन्छ । जसले मानव लाई सच्चिन सहयोग गर्छ । उनी स्वयं सच्चिन नचाहेको गलत महसुस नगरेको भए अलग विषय हो तर गल्ती महसुस गर्नु उनको महानता हो भने यस विषय मा अनेक विषय उजागर गर्नुपर्ने हाम्रो मूर्खता हो। सही लाई सही र गलत लाई गलत भनेर समय मा नै पहिचान गराउनु राम्रो हो । यि यस्तै व्यवहार ले गर्दा देशको स्थितिको दुर्दशा भएको छ। काध हाल्ने कहा नेर हो र काध छाड्ने कहा हो ध्यान दिनु जरुरी छ। एकै व्यक्ति हरेक ठाउँ मा सही नहुन सक्छ । धेरै ठाउँमा गलत भएको व्यक्ति कहीं न कहीं सही हुन सक्छ। सन्दर्भ हेरेर मूल्यांकन गर्नु हाम्रो आवश्यकता हो ।

जे भए पनि देवी प्रतिभाले जादा जादै मातृभूमिको माया र सम्मान स्वरुप जन्म भूमि छोड्दै गर्दा ढोग गरेको तस्बिर ले मन तरङ्गित बनाएको छ। कति ले आर्थिक उपार्जन को लागि आएकी भने पनि गुरु दक्षिणा जहां पनि आवश्यक छ। यस विषय मा आयोजक समुह सङ्ग छलफल मै कार्यक्रम अघि बढेको भए पछि हामीले धेरै कुरा गर्नु राम्रो विषय होइन ।

धार्मिक विषय मा मानव पुण्य प्राप्तिको लागि दान गर्ने प्रचलन रहेको छ। अन्यत्र खुलेर दान गरेको पाइँदैन । जसका कारण सामाजिक विषय मा विकास एवम् निर्माण मा यज्ञ महायज्ञ लगाएर कार्यक्रम सम्पन्न गरिएका धेरै कार्यहरू छन्। जहां धार्मिक कार्यक्रम बाट नै दर्शक हरुको मन जितेर गरिएको आर्थिक सहयोग संकलन गरेर सम्भव भएका छन् । यसको अलावा बिरामी पर्दा मानवीय रक्षाको लागि संकलन गरिएको पनि पाइन्छ ।

यसरी कार्यक्रम गर्दै गर्दा कार्यक्रमको उद्धेश्य के थ्यो संकलन भएको रकम कति थियो कुन ठाउँमा के का लागि सदुपयोग गरिन्छ जस्ता विषय मा चासो राखेर के गरिँदैछ भनेर खोजी तलासी गर्नुपर्ने हाम्रो आवश्यकता को विषय हो तर हामी के बोले भनेर कोही होच्याउन पछि पर्ने कोही तारिफ गर्न पछि पर्ने होइन । सही लाई सही र गलत लाई गलत आलोचनात्मक तरिका बाट प्रस्तुत हुनु राम्रो हुन्छ। तर कार्य गर्दै गर्दा उद्धेश्य के हो के का लागि गरिएको हो । उद्धेश्य अनुरुप कार्यक्रम सफल भयोकि भएन । यस ले समाज मा समस्या या सहजता के ल्यायो यस विषय मा महत्व दिएर अघि बढ्नु आजको आवश्यकता हो । त्यसैले सजग रहौं सचेत रहौं सक्छौं सकारात्मक काम को लागि दान गरौ पुण्य कमाउ सक्दैनौं अनावस्यक रोइलो ननिकालौ। सहज बनौं प्रेरणा दिन सकौं । कसैको इच्छा लाई निराशा बनाउने काम नगरौं ।

पुजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा

(लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार