बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द

२०८१ श्रावण २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२१ साउन । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ ।

बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला साँझ ६ बजेदेखि बन्द भएको जानकारी दिएको हो । विमानस्थलका सबै कामकारबाही पनि बन्द गरिएको छ ।

प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएपछि धेरै मानिसहरु विमानस्थलमा जान थालेपछि सेनाले बन्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय