हसिनाले थुनेकी खालिदा जियालाई रिहा गर्न राष्ट्रपतिको आदेश

२०८१ श्रावण २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२२ साउन । आज देश छोडेर भारतमा शरण लिन पुगेकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले थुनेकी विपक्षी दलकी नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहा गर्न राष्ट्रपतिले आदेश दिएका छन्।

उनलाई भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। जियाको दल बङ्गलादेश राष्ट्रवादी पार्टीलाई निषेध गरेर हसिनाले चुनाव गराएर तीन कार्यकाल प्रधानमन्त्री भएकी थिइन्।

उनको चौथो कार्यकाल सुरु भएको छ महिना मात्र पुरा भएको थियो। उनी गत जनवरीमा सत्तामा फेरि आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय