टीआरसी विधेयक पीडित मैत्री छ : गृहमन्त्री लेखक

२०८१ श्रावण २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२६ साउन । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका रहेको बताउनुभएकाे छ ।  शनिबार  ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि: ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले बलात्कारका घटना बढेकाले यसको सजाय कम नहुने बताउनुभयाे।

उहाँले  भन्नुभयाे, ‘कारागारमा सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका छन् । रेप  भनेको रेप नै हो । अरू अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्धका अपराधहरू छन्, कोही राज्य विरुद्धका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्धको अपराध हो । यी पीडाहरूलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।’

साथै उहाँले अहिलेको टीआरसी विधेयक पीडित मैत्री भएको बताउनुभयाे । उहाँले सबै पीडितलाई एक ठाउँमा लिएर समस्या समाधान गर्नुपर्ने बताउनुभयाे । यस्तै गृहमन्त्रीले कानुन जस्तोसुकै भए पनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय