विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक छ : मन्त्री चौधरी

२०८१ श्रावण २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,२७ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरू हट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताउनुभयो । मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्त्व दिन नसकेको बताउनुभयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाउनुभयो । स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताउनुभयो । उहाँले नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको बताउनुभयो । उहाँले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताउनुभयो । उहाँले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गर्नुभयो । उहाँले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताउनुभयो ।

सत्ता परिवर्तन गर्ने राजनीति गर्न नहुने बताउनुभएको छ । मन्त्री चौधरीले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय