स्याङ्जा, २७ साउन । स्याङ्जाको चापाकोट नगरपालिकामा ट्याक्टर दुघर्टना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका ४ देबिस्थान घर भई हाल चापाकोट नगरपालिका १० बोटेटार ससुराली बस्ने २८ वर्षीय महेन्द्र दमाई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार बेलुका चापाकोट नगरपालिका १० बायोडाँडास्थित भित्रि सडक खण्डमा बारीकुनाबाट माटो लिई चापाकोट तर्फ आउँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुघर्टना भएको थियो ।
ट्याक्टर दुघर्टना हुँदा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचार गर्न लगेकोमा डाक्टरले मृत घोषणा गरेको थियो ।
प्रहरीले घटनाको बारेको थप अनुसन्धान गरिरहेको छ ।