जिमुहामा खेलमैदान र पार्कको लागि महायज्ञ

२०८१ श्रावण ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निकेश थापा
स्याङ्जा , ३० साउन । स्याङ्जाको गल्याङ नगरपालिका ११  जिमुहा खेलमैदानको स्तरउन्नति र बालबाटिका पार्क निर्माणको लागि साउन २८ गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन हुने भएको छ।

साविकको तुलसीभन्ज्याङ ५ जिमुहा आयोजक रहने गरी महायज्ञ सुरु भएको महायज्ञको अध्यक्ष मधुप्रसाद डुम्रेले हेर्ने कुरा डट कमलाई जानकारी दिनुभयो । उक्त समितिको सचिवालयमा नारायणप्रसाद अधिकारी र सचिवमा चक्रपाणी कडेल रहनुभएको छ। खेलमैदानको स्तरउन्नति तथा बालबालिकाको भौतिक पूर्वाधार विकासको उद्देश्य राखेर महायज्ञ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

उक्त महायज्ञमा सुप्रसिद्ध कथावाचीका मृदुभाषी विदुष सुधादेवी अच्चुत प्रियाजु तथा माधुर्यवाचक राम प्रपन्नचार्यु (ऋषिगुरु) को मुखार वृन्दबाट विभिन्न देवलीला जनचेतनामूलक नाटक प्रस्तुतिसहित संगीतमय कथा प्रवाचन हुनेछ र माइकको उपवाचक उमेश पण्डितु हुने आयोजकले हेर्ने कुरा डटकमलाई बताएको छ। त्यस्तै महायज्ञमा पूजापाठको लागि छुट्टै व्यवस्था मिलाएको छ ।

महायज्ञ बिहान ७ बजेदेखि राति १० बजेसम्म हुनेछ भने बिहानको ७ बजेबाट ११ बजेसम्म भजनकीर्तन ११ बजेदेखि ४ बजेसम्म कथावाचन र साँझ ७ बजेबाट राति १० बजेसम्म भजनकीर्तन र सन्देशमूलक नाटक देखाइने आयोजक सचिव चक्रपाणी कडेलले हेर्ने कुरा डट कमलाई जानकारी दिनुभयो। उक्त महायज्ञमा सुरक्षाको लागि सुरक्षाकर्मीको व्यवस्था रहेको आयोजकले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय