सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते

२०८१ श्रावण ३१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३१ साउन ।  सिन्धुलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार बिहान ९:२२ बजे कमलामाई नगरपालिका-४ चियाबारीस्थित सडकमा बोलेरो गाडी दुर्घटनामा परेको हो।

दुर्घटनाबाट दुई जनाको मृत्यु भएको कार्यालय प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयाे।

उहाँका अनुसार दुर्घटनाबाट ११ जना घाइते छन्। जसमध्ये तीन जना गम्भीर घाइते छन्। उनीहरूलाई काठमाडौंमा रिफर गर्ने तयारी छ। अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय